सभामुखमाथि हुलहुज्जत गर्न मिल्छ ?



डा. खिमलाल देवकोटा ।

१४ साँसदलाई कारवाही गर्न मिल्दैन ।  तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटि कुनैमा पनि छलफल र निर्णय भएको छैन । ( सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार ) ।
दलीय व्यवस्थामा हरेक निर्णयहरु दलमा/पाटीमा हुनुपर्दछ । ( सर्वोच्च अदालतको हालैको फैसला अनुसार )

धारा ७६(५) को व्याख्याका सन्र्दभमा अगिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रीय हुने भनेको छ । ७६(२) प्रयोजनका लागि सोधिएको स्पस्टीकरणलाई थाती राखी ७६(३) र ७६(५) लाई क्रियाशील गराईएको छ ।

यतिमात्र हैन संसद विघटन गरिएको छ । स्पस्टीकरण सोधिएका साँसदहरुकै हस्ताक्षरका कारण संसद पुनःस्थापना भएको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वाशको मत पाएको छ । यति धेरै घटनाक्रमहरु विकास भईसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६(२) मा सहयोग नगरेका आधारमा कारवाही गर भन्न मिल्छ ?

सभामूख संसदको सर्वोच्चता जगेर्नाको पहरेदारमात्र हैन । आफना साँसदहरुको अभिभावक पनि हुन । तथ्य र प्रमाण बिना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामूखले साँसदहरुलाई कारवाही गर्न मिल्दैन/पाउनुहुन्न । कारवाही नै गर्ने हो भने पनि यसको विधी होला । समयसिमा होला । चिठी लेख्नेवित्तिकै किन कारवाही गरिनस/सूचना टाँसिनस भनेर सभामूखमाथि हुलहुज्जत गर्न मिल्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ