राजनीति भनेको ‘डर्टी गेम’ नै हो त !



शारदाप्रसाद त्रिताल ।

१ अध्यादेश ठीक VS वेठीक
निवर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीले २०७७ बैशाखमा राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन अध्यादेश ल्याई केही दलहरु फुटाउने प्रयास गर्नु भयो । आफ्नै पार्टीभित्र व्यापक विरोध भएपछि अध्यादेश फिर्ता लिनु भयो ।

त्यो अध्यादेश ल्याएको विषयमा रक्षात्मक धारणा राख्तै प्रधानमन्त्रीका अत्यन्तै विश्वासपात्र मानिनु हुने एक सांसदले एक टेलिभजन अन्तर्वार्तामा भन्नु भएको थियो “केही दलका सांसदहरुले आफ्नो पार्टीमा बस्न नसक्ने भएकोले कानुन संशोधन गरिदिन आग्रह गर्नु भए अनुसार सरकारले अध्यादेश ल्याएको हो ।”

अध्यादेश स्वीकृत हुनासाथ एक पूर्व प्रहरी महानिरीक्षकको सहयोग लिएर (पूर्व प्रहरी महानिरीक्षक साथमा भएपछि बाटोमा कुनै प्रहरीले प्रश्न नउठावस् भनेर त्यसो गरिएको ) उहाँको नेतृत्वमा अर्का एक सांसदसहित भएर मधेश केन्द्रित दलका एक सांसदलाई अपहरण गरी जनकपुरबाट काठमाण्डौमा ल्याई तारे होटलमा राख्नुभयो (अध्यादेश खारेज भएपछि मात्र अपहरित सांसद मुक्त हुनु भएको थियो ) ।
त्यस अध्यादेशको व्यापक विरोध गर्नेमा अहिले सत्तामा रहेका दलहरु पनि थिए ।
यसैबिच गण्डकी र लुम्बिनी प्रदेशमा पनि सरकार टिकाउने र गिराउने खेलमा सांसद अपहरण र बन्धक बनाउने कामहरु देखिए ।
२ अध्यादेश वेठीक VS ठीक
निवर्तमान प्रधानमन्त्रीले झण्डै दुई तिहाइको बहुमतलाई लत्याउँदै गत वर्षको पुसमा संसद विघटन गरिदिनुभयो । अदालतले संसद पुनस्थापना गरे पनि नयाँ सरकार बन्न सकेन । पुन संसद विघटन भयो र अदालतको फैसलाबाटै दोस्रो पटक संसद पुनस्थापना भई संविधानको धारा ७६(५) अनुसारको गठबन्धन सरकार बनेकोछ ।

गठबन्धन सरकारमा रहेकाहरुको सबैभन्दा सशक्त मत थियो कि निवर्तमान प्रधानमन्त्रीले संसदबाट भाग्ने प्रयास गरेकोले संसदको स्थायित्व र निरन्तरताको लागि संसदलाई चलायमान बनाउनुपर्छ ।

वर्तमान गठबन्धनले पनि अहिले संसदबाट भाग्ने निवर्तमान सरकारकै बाटोमा अघि बढी संसदको अधिवेशन अन्त्य गरेको छ ।
अझ यो पनि भन्न थालिएको छ कि अव सरकारले अध्यादेशद्वारा राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गरी दल विभाजनलाई सहज बनाउनेछ ।

पहिले अध्यादेशको समर्थन गर्ने सांसद अहिले यसको विरोधमा बुरुक बुरुक उफ्रिंदै हुनुहुन्छ ।
अनि अध्यादेशको विरोध गर्दै अदालतसम्म गएको वर्तमान गठबन्धनवाला समूह साँच्चि नै अध्यादेश ल्याउन तर्फ लाग्यो भने राजनीति फोहोरी खेल हो भन्ने पुष्टी हुनेछ !
नेताज्यूहरु,
आफ्नो बोली, बचन, व्यवहार र कर्मबारे आत्मसमीक्षा गर्ने बानी बसाल्नु होस् न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ, एक अर्ब ५४ करोड अपचलनको आरोप

कास्की । पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नदेखिएको कांग्रेसको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ

संसदमा कांग्रेसको अवरोध कायमै, बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै