लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको दाबी



काठमाडौं । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् । आफ्नो समर्थनमा प्रदेशसभाका ४२ सदस्यको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न

अब विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली

झापामा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय