‘मध्यरातमा चुच्चे नक्शा, गोयलको पोल्टामा चढाएको मैले होइन’



मैले होइन !

मध्यरातमा चुच्चे नक्शा
गोयलको पोल्टामा चढाएको मैले होइन

कात्रोमा खल्ती ‘हाल्दिन भन्दै भन्दै हाल्नु’ भनेर
ट्यूशन पढाएको मैले होइन

खरानी बेच्न आफ्नै घर जलाएको मैले होइन
दुई तिहाइको धरहरा ढलाएको मैले होइन

संविधानको धाराको टुटी भाँचेर अधिकार
शीतलनिवासको धाराबाट खसाएको मैले होइन

संसदको शरीरमा पेट्रोल छर्केर
दुई दुई चोटी आगो लाएको मैले होइन

मान्छेहरु मलाई ‘तैंले प्रधानमन्त्री खाइस’ भन्छन्
प्रतिगमनले हो प्रधानमन्त्री खाएको, मैले होइन !!

अर्जुन पराजुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम

साढे ६ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब

अहिले राष्ट्रियतामाथि खतरा छ : खनाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल