फर्सी कुहिएझैँ कुहिएको राजनीतिबाट कसरी मुक्ति पाउने ?



डा. युवराज संग्रौला ।
नेपाल कुनै पनि राम्रो कुरालाई बाटो समात्न नदिने वा गलत बाटो समात्न प्रेरित गर्ने वा राम्रो बाटो समातेकालाई समातेर पछार्ने संस्कृति कसरी हुर्कियो ? यो गहिरो अध्यनको विषय हो । तर केही कुरा भने बुझ्न सकिन्छ।

१. अहिले नेपालमा जस्ता समस्याहरु छन्, तिनलाई हेर्दा अध्ययन नगर्ने, भवना र उद्वेलनबाट प्रभावित भएर बिचार वा दृटिटकोण बनाउने, आग्रह र पूर्वाग्रहबाट बाहिर निक्लन नसक्ने, आक्रामक हुने र विवेक प्रयोग गर्ने नचाहने प्रवृत्ति घनघोर देखियो ।

२. राष्ट्रि भावना कमजोर रहेको र आफ्नो स्वार्थका लागि जे पनि गर्ने, नैतिकतालाई पूर्ण वेवास्ता गर्ने मनोवृत्ति व्यापक देखियो । विदेशीको हस्तक्षेपको विरोध जताततै देखिन्छ ‘तर गालीगलौजको भाषामा मात्र तर्क र प्रमाणको प्रयोग हुंदैन।’

३. समस्याका कारण हुन्छन् र ती कारणको पहिचान गरेर समस्याको निराकरण गर्नुपर्छ भन्ने सोच छैन । यसले गर्दा नेपाली समाजको परिवर्तन केबल गोलचक्करमा घुमिरहेको छ । थोर मात्रै मानिस अग्रगामी कुरा गर्छन् । उदाहरण अहिले एकजना मित्रले जनमत संग्रहको कुरा गरे । सबै त्यसमै बहसमा ब्यस्त छन् । बहस त नेपालको उत्पादनलाई कसरी बढाउन सकिन्छ, कोरोनाबाट देशलाई मुक्त कसरी गर्न सकिन्छ, फर्सी कुहिएझैँ कुहिएको राजनीतिबाट कसरी मुक्ति पाउने हो र नयाँ सोच कसरी विकास गर्ने होला भन्ने कुरामा होला नि ?

४. यी सबै कुराका पछाडि को कारण हो हाम्रो शिक्षा जसले वैज्ञानिक ढंगबाट सोच्ने बानी होइन भावनावादी, आत्मवादी बनाइदिएछ । त्यसैले बिपीले भने ‘आफ्नै गाउंँ बुझेका विज्ञबाट योजना बनाउ, गरीबलाई हेर र कृषिलाई उन्नत पार।’ कांग्रेस एमसीसीका फन्दामा छ। कम्युनिष्टले जनताले भोगेको गरिबी बुझ्नुपर्छ। तर कम्युनिष्ट त ‘राणाहरु’का जस्ता लगाउँछन् र त्यस्तै खान्छन् ।
मानिस वस्तुनिष्ट हुनसकेन भने बिना कामको लम्फु हुन्छ । त्यस्तै भएको अवस्था देशमा छ । अलिकति दिमागका आग्रह र पूर्वाग्रहबाट बाहिर आएर तथ्यलाई हेर्ने हो भने नेपाललाई सजिलै अग्रगमनतिर मुखरित गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवाहरूको सपनाको हत्या जति यो अवधिमा भयो –त्यति इतिहासमा कहिल्यै भएन

केशवप्रसाद भट्टराई । २०६२/६३ पछिको झन्डै दुई दशकको अवधिमा राम्रो के भयो र

वनमा डढेलो लगाएको आरोपमा काभ्रेमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।