सच्चा लोकतन्त्रका लागि रावल जस्ता आफ्नै शासनविरुद्ध बोल्न सक्ने नेता सधैँ चाहिन्छ



नारायण गाउँले ।

कांग्रेस र माओवादीहरूले भीम रावलको खेदो खनेको देखियो !
तर के बिर्सिनुहुन्न भने देउवाले संसदमा उभिएर कहिल्यै सशक्त प्रतिपक्षको भूमिका निभाएको देखिएन । माओवादी त सत्तामैं साझेदार थियो । तर आफ्नै सरकारले गरेका गल्तीहरूबारे सबैभन्दा बढ़ी खुलेर बोल्ने नेता भीम रावल थिए । उनले होलीवाइन काण्ड होस् या यति र ओम्नी काण्ड होस्, सुरुदेखि नै खरो रूपमा औँला उठाएका थिए । पहिलोपल्ट असंवैधानिक संसद विघटन हुँदा होस् या दोस्रो पटक होस्, उनले दह्रो खुट्टा नटेकेको भए राजनीति पक्कै पनि यहाँसम्म आउने थिएन ।

अनेक दबाब, प्रलोभन र राजनीतिक भविष्य नै दाउमा हुँदा समेत उनले फैसलाअघि हस्ताक्षर फिर्ता लिएको भए देउबा प्रधानमन्त्री बन्ने थिएनन् । यत्ति त हामी सबैमा इमान्दार बुझाइ हुनैपर्छ कि उनको लडाइँ देउवालाई प्रधानमन्त्री बनाउन होइन, ओलीको स्वेच्छाचारिता र निरङ्कुशताविरुद्ध थियो । जसविरुद्ध उनी अन्तिमसम्म नै लड़े । आज विश्वासको मत दिने महन्थ ठाकुर, प्रेम आले या किसान श्रेष्ठभन्दा देउवालाई प्रधानमन्त्री बनाउनकै लागि पनि उनको योगदान अतुलनीय रूपमा माथि छ ।

हो, हिजो आफैले हस्ताक्षर गरेर जितेको मुद्दामा उनी अन्तिमसम्म टिकेको भए अलि बढ़ी राजनैतिक इमान देखिन्थ्यो । तर त्यो इमान्ले उनको राजनैतिक भविष्य सकिने डर पनि त थियो । माधव नेपालसँग अब राजनैतिक करियरका रूपमा गुमाउन केही बाँकी नहोला र उनी निर्धक्क आफ्नो अड़ानमा अडिन सके, यही स्थिति रावल या योगेश भट्टराई लगायतका हकमा नहुन पनि सक्छ । ठूलो र निरन्तर प्रेसरमा हामी सबैले केही निर्णय भावुक या गलत गर्ने संभावना हुन्छ । रावल अपवाद होइनन् । सच्चा लोकतन्त्रका लागि रावल जस्ता आफ्नै शासन विरुद्ध बोल्न सक्ने नेता सधैँ चाहिन्छ । चाहे त्यो एमालेमा होस् या कांग्रेसभित्र होस् ।

यदि यो समग्र लडाइँ शेरबहादुर या कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन मात्रै हो भने त कुरो अलग भयो, यदि यो लड़ाइँ विधि र पद्धतिका लागि हो भने ती सबैको उच्च सम्मान हुनुपर्छ, जसले सिङ्गो राजनैतिक करियर नै दाउमा लगाएर सुरुदेखि नै भाग लिए । स्वयं देउबाजी बरु पहिलो विघटनमा आफै मौन समर्थकजस्तो देखिनुहुन्थ्यो ।

कांग्रेस र माओवादीसँग यो लडाइँमा गुमाउनु केही थिएन । पाउनुमात्रै थियो । मधेशवादी दल पनि पाउने युद्धमा मात्रै थियो । माधव नेपालदेखि घनश्याम भूसाल र गोकर्ण बिष्टलगायतका हरू मात्रै ती योद्धा थिए जोसँग पाउने कम र गुमाउने कुरा सम्भावना धेरै थियो । ती वास्तविक योद्धा हुन् । कोही एक कदम अगाडि थाक्यो भनेर त्यसलाई गद्दार भन्नु युद्धकै अपमान हो ।

ओलीको तीन वर्षे कार्यकालमा सबै काम नराम्रा मात्रै पक्कै भएनन् । राम्रा कामहरू केही ठूला गलत निर्णयको ओझेल परेका हुन् । देउबाले राम्रो कामका लागि सार्वजनिक रूपमैं धन्यवाद दिएर अनि तिनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेर राम्रो संस्कार सुरु गरेका छन् । अब छिन्नभिन्न देखिएको एमाले पनि एक होस् र निरन्तर खबरदारीका लागि एउटा सशक्त प्रतिपक्ष संसदमा होस् भन्ने कामना गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५

दोहाबाट काठमाडौँ आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपाल र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ