नेपालको ‘दोग्ला’ राजनीति



डा. युवराज सग्रौला ।
अंग्रेजीमा एउटा शब्द छ “हाइपोक्रीशी“ भन्ने। त्यसलाई नेपालीमा अनेक शब्द प्रयोग गर्न सकिन्छ। छ्द्म, दोग्ला र मुखुण्डो। जब यो राजनीतिमा विशेषणका रुपमा प्रयोग हुन्छ, त्यसले राजनीतिलाई रछ्यान बनाउँछ । मेरो चेलो र सहकर्मी सचिन शिवाकोटीले केही दिन अगाडि डेभिड रुन्सिमेनको पोलिटिकल हाइप्रोक्रीशी भन्ने पुस्तक दिए पढ्न । म पढ्न थाले पछि सकेर मात्र पुस्तक राख्छु। मैले मुखुण्डो राजनीति नजीक बाट हेरेको छु। चर्चिलको उपमा सापटी लिने हो भने, मुखुण्डो राजनीति दोग्ला राजनीतिको नस्ल जैबिकताको दृष्टिमा खरायोसँग मिल्छ। खरायोले छोटो समयमा थुप्रै सन्तान जन्माउँछ र जमिनमा प्वाल खनेर लुक्न पनि सिपालु हुन्छ।

१. खरायो जस्तै, दोग्ला राजनीतिले तीब्र गतिमा भ्रष्टाचार, क्रुरता र आतंक जन्माउँछ । जसरी खरायो बोकौं बोकौ लाग्ने हुन्छ, दोग्ला राजनीति गर्ने पनि आकर्षक कुरा गर्छन् । यिनीहरु संसारमा सबैभन्दा राम्रा मानिस हुन भन्ने भ्रम छर्छन् । तर जब छेउमा पुगेर छोयो, वाक्क आउने गरि गन्हाउँछन्, खरायो जस्तै।

२. दोग्ला राजनीति गर्नेहरु क्रुर हुन्छन् । बाहिर थाहा नहोला, तर यिनले भ्रष्टाचारलाई जिवनको यथार्थ बनाएका हुन्छन् । यिनीहरुका खान्की घर गाडी सबैथोक परिश्रमले होइन भ्रष्टाचारले जोडेको हुन्छ । पदको दुरुपयोगबाट । त्यसलाई खरायोको आफनै गुँड मुत्ने बानीसँग जोड्न सकिन्छ। त्यसैले खरायो गन्हाउँछ। दोग्ला राजनीति गर्ने पनि ओछ्यान मुत्ने हुन्छन् । अर्थात् आफ्नो बिचारधारामाथी पिसाब गर्छन् यिनले।

३. मुखुण्डो राजनीति गर्ने उपिया जस्तै कहाँ मीठो रगत खान पाइन्छ भनेर उफ्रीरहन्छन् । बिगत चार पाँच बर्षमा मैले देखेका यस्ता मानिसहरु उफ्रिएको उफ्रीयै छन् ।

जुडिथ सक्लर भन्छिन्, उदारवादमा भुत्राको मुखुण्डो राजनीतिको कुरा गर्छौ, गुन्द्रीको जातै उपिया बस्ने घर हो। त्यस्मा पनि जब गरीबको कुरा गर्ने समाजवादको कुरा गर्ने भोका उपियाँले गुन्द्री भेट्छ्न, त्यस्मा जे बसे पनि रगत चुस्छन् । तर आम मानिस आतंकित हुनु पर्छ उपियाँबाट । यिनले माहामारी सार्छन् ।

नेपालको यो हालत गर्ने बिचारहीन भ्रष्ट रगत चुस्ने दोग्ला राजनीति कोभिड–२० हो । यसको भ्यासिन बनेको छैन ! बनेको छ, तर जनता अहिले निदाएका छन् । उपियाँ टोके पनि नाक खुम्च्याउँदै निन्द्रामै शरीर कन्याउँदै छन् । जब जनतालाई ऐठन हुन्छ, तबमात्र मुखुण्डो खोस्छन् । तर मुखुण्डो खोस्ने पनि खराया नै हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार

जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली

तयार भयो ‘बजेट क्यालेण्डर’, करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट

सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा