यो हो नेपाली समाजको वास्तविक इतिहास !
डा. गोविन्दशरण उपाध्याय ।
मानदेवले लेखाएको काठमाडौँ उपत्यकामा रहेको प्रसिद्ध चाँगुनारायण मन्दिरको शिलालेख (सम्बत् ३८६–४६४) विप्र तथा द्विज शब्दकोले ब्राह्मणहरूको उपस्थितिमात्र होइन पौरोहित्यमा ब्राह्मणहरूको स्वीकार्यता पनि प्रमाणित गर्छ । त्यस वखतकै शिलालेखले ब्राह्मणहरूलाई राजाहरूले थानकोट तथा बलम्बुजस्ता गाउँहरू विर्ता दिएको (दान गरेर) समेत उल्लेख गरेको छ ।
उपरोक्त तत्थ्यले वैदिक (ब्राह्मण, क्षेत्री, वैश्य तथा शूद्र)हरूको काठमाडौँ उपत्यका सहित नेपालभरिनै सघन उपस्थिति प्रमाणित गर्छ । प्राध्यापक नयराज पन्त, योगी नरहरिनाथजस्ता स्वदेशी इतिहासकार तथा अनुसन्धाता सहित धेरै विदेशी विद्वानहरूले पनि आफ्नो अनुसन्धानमा यो तत्थ्य उल्लेख गरेका छन् भने आफ्नो कथनलाई प्रमाणित गर्न चाँगुनारायणमा प्राप्त शीलालेख तथा हाँडीगाउँमा भेटिएका शीलालेखहरू उदृत गरेका छन् ।
त्यतिमात्र होइन ई.पू. ३४७ देखि थाइल्याण्ड र कम्बोडियामा नयाँ राजाको राज्याभिषेक गर्दा अनिवार्य रूपमा ब्राह्मणबाट राजाले मुकुट ग्रहण गर्छन् र यो परम्परा आज पनि जीवित छ जव कि यी दूवै राष्ट्रहरू बौद्धराष्ट्रमा रुपान्तरित भैसके ।
मूलतः प्राचीनकालमा ब्राह्मण र श्रमण यी दुई परम्पराहरू थिए । श्रामण गुरुकुलहरूमा (वैदिक–सनातनी) र ब्राहमण गुरुकुलहरूमा श्रमण परम्परामा दीक्षित समुदायले शिक्षा ग्रहण गर्न कुनै रोक थिए । बौद्ध गुरुहरू वैदिक–सनातन धर्मशास्त्रका धुरन्धर विद्वान हुन्थे भने वैदिक आचार्यहरू पनि बौद्ध दर्शनका प्रकाण्ड विद्वान हुन्थे । बौद्ध तथा सनातनी जुनसुकै गुरुकुलहरूमा बालबालिकाहरूले आफ्नो परम्पराअनुसार शिक्षित गरिन्थ्यो र दीक्षित गर्ने कामचाहि स्नातक भएपछि पूर्ण गरिथ्यो ।
इतिहास र तत्थ्यलाई अस्वीकार गरेर मनगढ़ंते इतिहासको रचना गरेर नेपालका आदिवासी वैदिक तथा अन्यआदिवासीहरूलाई ककेसिया र मंगोलियाबाट आएका हुन् भनेर भ्रमित गर्ने पूर्वाग्रही इतिहास प्रति सावधान रहौं । यदि कसैले नेपालका वैदिकहरूलाई शरणार्थी (१६ रौँ शताब्दिमा भारतबाट छिरेका शरणार्थी भन्छन् भने चाँगुनारायणको शीलालेख तथा हाँडीगाउँमा प्राप्त भएका शीलालेखहरूलाई काल्पनिक सिद्ध गर्न चुनौती दिउँ ।
मान्छे घुमन्ते प्राणी हो । आज विश्वका हरेक मान्छे विश्वका हरेक कुनामा पुगेका छन् । वर्णाश्रमभित्रका हरेक समुदायहरू नेपालका आदिवासी नै हुन् रैथाने नै हुन् । त्यस्तै आदिवासी जनजाति भनिएकाहरू पनि आदिवासी नै हुन् ।
आदिवासी, मूलवासी, जनजाति र शरणार्थी वा गैर–आदिवासीको बखेडा निकालेर नेपाली समाजको प्राकृतिक समावेशीपनलाई बिथोल्नेहरूलाई समय मै चिनौं । नजानेकालाई जानकारी दिनु सबैको कर्तव्य हो तर जुन जानाजान नेपाली सामाजिक संरचनालाई भताभुंग बनाउँन चाहन्छन् तिनको प्रतिकार गर्न पछि नपरौं ।