पिसिआर नै उपलब्ध छैन भने के गर्ने त ?



डा. अनुप सुवेदी ।

गाउँ गाउँ पसेको महामारीलाई आफ्नै सत्प्रयासले नियन्त्रण गर्न व्यापक एन्टिजेन जाँचको अभियान चलाउने केही कर्मठ समूहका अनुभवमा देखिएका साझा समस्याहरूबारे केही सुझाव यहाँ राख्न चाहन्छु।

एन्टिजेन जाँचको सेन्सिटिभिटी -संक्रमितलाई पोजिटिभ देखाउने क्षमता- लक्षण भएका व्यक्तिमा, त्यो पनि लक्षण शुरु भएको १ हप्ताभित्र जाँच्दा मात्र, विश्वासिलो हुन्छ। लक्षण नभएका संक्रमित पत्ता लगाउन वा लक्षण भएकामै पनि लक्षण सुरु भएको ७ दिनपछि मात्र जाँच्ने हो भने सकेसम्म पिसिआर नै गर्नुपर्छ।

यी मास टेस्टका अभियान चलाइएका क्षेत्रमा पिसिआर पटक्कै उपलब्ध नभएकाले लक्षण भएका र नभएका सबैलाई एन्टिजेन टेस्ट नै गरिंदोरहेछ। कतै “१ घर, १ एन्टिजेन टेस्ट” गरिएको रहेछ। अनि घरको लक्षण नभएको सदस्य चाहिं जाँच गर्न निस्कँदा रहेछन्। यसरी जाँच्दा एन्टिजेन किट मात्र खेर जाने संभावना ठूलो छ।

अर्को, लक्षण भएकैमा जाँच गर्दा पनि २०% जतिमा मात्र पोजिटिभ देखिएको छ रे। अहिले कोभिड फैलिएको क्षेत्रमा कसैलाई ज्वरो, खोकी छ भने, जाँचले जेसुकै देखाए पनि त्यो कोभिड नै हुने संभावना एकदमै ठुलो छ भन्ने बुझौं। कागजमा विश्व स्वास्थ्य संगठन आदिका मापदण्ड पुगेको भनिएकै एन्टिजेन टेस्टको गुणस्तर पनि व्यवहारमा कम भएको होला।

धेरैलाई कोभिड देखिएको ठाउँमा लक्षण हुने कसैलाई कोभिड नै होला भन्ने ठानेर काम गर्नु त्यो व्यक्ति र समुदाय दुवैको हितमा हुन्छ।
ने. मे. का.को कोभिडसम्बन्धी निर्देशिका समितिले सुझाएको एन्टिजेन जाँचको उपयोग-खाका तल चित्रमा देखाइएको छ।
पूरा निर्देशिकाको लिंक तल कमेन्टमा राख्ने छु। एउटा स्वीकारोक्तिः म आफैं त्यो समितिको संयोजक पनि हुँ।
निर्देशिकामा दिइएको तलको खाकामा निहित अनुमान के छ भने पिसिआर दुर्लभ त होला, तर अप्राप्य नै नहोला।
सो उपयोग-खाकाको नेपाली अनुवाद पनि यहाँ राखेको छु। नबिर्सौं, लक्षण भएकालाई एन्टिजेन जाँच्दा नेगेटिव आएमा पनि तिनमा भाइरस हुन सक्छ, र तिनबाट उनीहरू आफैंलाई र अरूलाई पनि जोखिम हुन सक्छ। त्यस्तो अवस्थामा पिसिआर उपलब्ध हुँदा खाकामा भनिएझैं पिसिआर गरौं नै।
तर पिसिआर नै उपलब्ध छैन भने के गर्ने त ?
हुनत राज्यले पिसिआर उपलब्ध गराओस् भन्न त पाइन्छ नै।
तर महामारी यसरी गाउँगाउँमा फैलिंदा जाँच, ट्रेसिङ, आइसोलेशन आदिको जिम्मेवारी पालन गर्न राज्यले रूचि नदेखाएकोले नै स्थानीय आफैंले यसरी समुदायस्तरबाटै एन्टिजेन जाँचको जोहो गर्न तम्सिनुपरेको हो।

त्यसैले मेरो बिचारमा, पिसिआर गर्ने विकल्प नै छैन भने महामारी फैलिएका ठाउँमा एन्टिजेन जाँचको प्रयोग र अन्य जनस्वास्थ्यगत कामकार्वाही तलको पिसिआर नहुँदाको खाकामा देखाएजसरी गर्न सकिन्छ। (मर्नुभन्दा बौलाउनु निको भन्छन् )
कतैकतै एन्टिजेनमा पोजिटिभ आएपछि निको भइयो कि भइएन “हेर्न” फेरि एन्टिजेन जँचाउने चलन रहेछ। जसरी PCR १ पटक पोजिटिभ आएपछि फेरि गर्नुपर्दैन, त्यसरी नै एन्टिजेन पनि गर्नुपर्दैन।

३ दिनदेखि ज्वरो छैन र अक्सिजन घटेको छैन भने लक्षण देखिएको ११औं दिनदेखि आफू पनि जोखिममुक्त भइन्छ, अरूलाई सर्ने संभावना पनि रहँदैन।

कोभिडको लक्षण देखिएर मृत्यु हुनेको शवको पनि एन्टिजेन जाँच गर्न मिल्छ। पोजिटिभ आए त रोग पुष्टी भयो, नेगेटिभ  आए पनि माथि भनिएझैं विश्वास गर्न सकिन्न, वास्तवमा कोभिड नै हुनसक्छ। अतः जाँचको नतीजा जेसुकै होस्, अन्त्येष्टी गर्नेले सावधानी र परिवारका सदस्यले क्वारन्टिन गर्नुपर्छ नै।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहाटासहित नौ जना दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा एमाले नेतासहित नौ जनालाई दोषी ठहर गरेको

काठमाडौंको शंखरापुरमा एसएस एकेडेमीको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बालिका बन्धक बनाई श्रम शोषणको आरोप लागेकी एमाले सांसदमाथि आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

भूमिसम्बन्धी अध्यादेश जनताको हित विपरित भएको लोसपाको ठहर, विपक्षमा मत दिने निर्णय

काठमाडौं । लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको