त्यसैले हामी सडक राज्य र सडक राष्ट्र !



केशवप्रसाद भट्टराई ।

सडक नै हाम्रो राज्य र राष्ट्र हो ।

सडकले नै हाम्रो सरकार, संसद र न्यायालयलाई हाँक्छ, नेतृत्व गर्दछ !

त्यसैले सडक हाम्रो संसद हो, सडक संसद हो र सडक नै न्यायालय हो ।
सडकले जे भन्छ त्यही हाम्रो राष्ट्र, राज्य,राष्ट्रियता,संविधान,कानुन, हो !
हामी सडकको लागि राजनीति गर्दछौँ !

सडकले नै हाम्रो परराष्ट्र नीति तय गर्दछ ,
सडकले नै राष्ट्रिय हितहरूलाई निर्धारण गर्दछ ।

सडकले नै न्याय के हो र अन्याय के त्यो निर्णय गर्दछ ।
हाम्रो सामूहिक गौरव, पौरख र सिङ्गो राष्ट्रको विवेक र मर्यादालाई प्रतिनिधित्व पनि सडकले नै गर्दछ
हाम्रो इतिहास पनि सडकले नै लेख्छ !

समाचार सडकले लेख्छ, मिडियाहरूलाई सडकले चलाउँछ, विचार सडकले जन्माउँछ ।
लेखकहरूलाई सडकले नै उत्पादन गर्दछ, त्यसैले उनीहरूले सडकको लागि मात्र लेख्छन् ।
त्यसैले हामी सडक राज्य र सडक राष्ट्र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह