कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुने



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ सम्म गते गर्ने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

यसअघि महाधिवेशनको मिति भदौ ७ गतेलाई तय भएको थियो । यो प्रस्तावलाई केन्द्रीय समितिमा लगिने सहमहामन्त्री प्रकाशशरण महतले बताए । असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय भएको सहमहामन्त्री महतले बताए ।

असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने उनले बताए । त्यस्तै साउन ६ देखि वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामी आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने

डढेलो नियन्त्रण किन बनेन सरकारको एजेण्डा ?

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मंगोलिया भ्रमणमा जाने अन्तिम

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने

चुनौतीहरुको सामना गरेर अगाडि बढ्न नेता कार्यकर्तालाई देउवाको निर्देन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा खेलकुद क्षेत्रले ठूलो आयामका रुपमा