राष्ट्रको सुरक्षा चुनौतीलाई समन्वयकारीरूपमा सम्वोधन गर्न प्रधानसेनापतिको नेतृत्वमा संरचना बनाउने कि ?



केशवप्रसाद भट्टराई ।
निरन्तरको द्वन्द्व, अशान्ति र अस्थीरता र राष्ट्रको सुरक्षा चुनौतीलाई एकीकृत र समन्वयकारीरूपमा सम्वोधन गर्ने एउटा संरचना
निर्माण गर्न प्रधानमन्त्रीलाई अपील । नेपाल निरन्तर आन्तरिक द्वन्द्व र अशान्तिको चरणमा प्रवेश गरिरहेको र त्यस्तो द्वन्द्व र अशान्तिका आन्तरिक पक्षले वाह्य हस्तक्षेप आमन्त्रण गरिरहने अभ्यास पनि सवैको सामू प्रष्ट रहेको,

सरकारमा जुन सुकै दल भए पनि सरकार,राजनीतिक दलहरू र अन्य पक्षहरूले त्यस्ता अशान्ति र द्वन्द्वलाई आफ्ना सत्ता स्वार्थसँग जोडेर हेर्ने र राजनीतिक अभ्यास गर्ने गरेको जस्ता कुराले त्यस्ता द्वन्द्व र अशान्तिको व्यवस्थापन गर्न सम्भव नभएर मुलुक एकपछि अर्को राजनीतिक सङ्कट र अस्थिरताको चक्रमा रूमलिने र मुलुकले कहिल्यै शान्ति, स्थिरता र समृद्धिको मार्ग चयन गर्न नसकिरहेको परिप्रेक्षमा,
राज्यका सुरक्षा यन्त्र र संरचनाहरूमा समेत समन्वय र सन्तुलन कायम गर्ने संरचनाको अभावमा परस्पर विश्वासको सङ्कट उत्पन्न भई मुलुकमा उत्पन्न द्वन्द्व र अशान्तिका कारक तत्वहरू विरूद्ध एकीकृत रूपमा सामना गर्ने राज्य क्षमता नदेखिएको सन्दर्भमा,

नेपाली सेना, नेपाल प्रहरी, सशश्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका आन्तरिक कार्यप्रणाली र त्यसको चेन अफ कमाण्डमा प्रतिकूल असर नपर्ने गरी यी सवै संरचनाहरूलाई समन्वय, अनुगमन, परामर्श र निर्देशन दिने सचिवालयसहितको एउटा मन्त्रीस्तरको कार्यकारी अधिकारीको व्यवस्था तत्कालै आवश्यक देखिन्छ ।

मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुने त्यस्तो कार्यकारी अधिकारीले उल्लेखित सवै संरचनाको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री र राष्ट्रपतिलाई मुलुकको आन्तरिक र वाह्य सुरक्षा सम्बन्धी सवै जानकारी उपलव्ध गराउने र सो को आधारमा प्रधानमन्त्रीले सुरक्षा निकायहरूलाई आवश्यकता अनुसार निर्देशन दिने व्यवस्था आवश्यक छ जस्तो लाग्दछ ।

संसद अनुपस्थित वर्तमान समयमा एउटा अध्यादेश जारी गरेर यो व्यवस्था गर्न सकिन्छ । निवर्तमान हुँदै गरेका प्रधानसेनापति पूर्णचन्द्र थापाको क्षमता, निष्ठा, विवादरहित स्वच्छ छवि आदि कारणले गर्दा र उक्त संरचनालाई व्यवस्थित गर्न र त्यसलाई नेतृत्व गर्न पनि उनी योग्य लाग्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ