कहाँ गयो उत्पादित दुई अर्ब डोज खोप ?



विश्वभरि महामारी फैलिएको विषम परिस्थितिमा यो एउटा सकारात्मक उपलब्धि हो। नयाँ घातक भाइरस पत्ता लगाउने तथा महामारी घोषणा गर्नेदेखि त्यसलाई नियन्त्रण गर्ने प्रयासमा सीमित समयमै दुई अर्ब मात्रा खोप बनाउने सफलता प्राप्त भएको छ । अपेक्षानुरूप काम भएमा विश्वका ५. ८ अर्ब वयस्क मानिसका लागि यो वर्षभित्रै पूर्ण मात्रामा खोप लगाउन पर्याप्त उत्पादन हुनेछ । तर केही स्थानमा सीमित उत्पादन र केही देशले थुपारेकाले खोप सबैतिर पुर्याउनुपर्छ भन्ने मान्यता प्रभावित भएको छ । कोभिड खोप उत्पादन र विश्वभरि त्यसको उपलब्धताबारे केही महत्त्वपूर्ण विषय यहाँ प्रस्तुत गरिएको छ ।

स्थानको महत्व छ
प्रक्षेपणकर्ताहरूका अनुसार कमजोर थालनीपछि यो वर्षको तेस्रो र चौथो त्रैमासिकमा खोप उत्पादनले गति लिनेछ । ड्यूकको ग्लोबल हेल्थ इनोभेशन सेन्टर (जीएचआईसी) का अनुसार यो वर्ष १२ अर्बभन्दा धेरै मात्रा खोप उत्पादन हुन सक्छ । खोप उत्पादन र वितरणको निगरानी गरिरहेको एअरफिनिटी कम्पनीका अनुसार सन् २०२१ मा ११.१ अर्ब मात्राभन्दा केही अधिक खोप उत्पादन हुनेछ । त्यति परिमाणबाट विश्वभरिको ७५ प्रतिशत जनसङ्ख्याका लागि आवश्यक पर्ने १०.८२ अर्ब मात्रा पर्याप्त हुन्छ।

एअरफिनिटी पाँच वर्ष तथा त्यसभन्दा माथिका मानिसलाई समेटेर त्यस्तो अनुमान गरेको हो । ड्यूकको जीएचआईसीमा सहायक निर्देशक रहेका एन्ड्रेआ ट्रेलर भन्छिन्, ‘तर महामारीले विश्वभरि हामीसँग स्वस्थ र राम्रोसँग विस्तार भएको उत्पादन सञ्जाल छैन।’ ‘उत्पादन हुने ठाउँको साँच्चिकै महत्त्व छ। धेरैजसो हाम्रो उत्पादन क्षमता अमेरिका र युरोपमा केन्द्रित छ र तिनै ठाउँले आफ्ना खोपका मात्रा छिट्टै पाएका छन्।’ ‘किनकि उनीहरू आफैँले उत्पादन गरिरहेका छन् र निर्यात प्रतिबन्धजस्ता उपाय अपनाएर विश्वबजारमा आउनुभन्दा पहिले आफ्नो जनसङ्ख्यालाई खोप सुनिश्चित गर्छन्।’

आपूर्ति सञ्जालका चुनौती
कच्चा पदार्थको समस्याका कारण खोप उत्पादन र आपूर्तिको चक्र प्रभावित छ । त्यसका साथै विभिन्न देशबीच प्रविधि र विज्ञता आदानप्रदान गर्ने काम पनि कठिन भइरहेको छ । फलस्वरूप अहिले खोप उत्पादन गरिरहेको हुनुपर्ने कतिपय ठाउँहरू अझै सञ्चालनमा आउन सकेका छैनन् ।

एअरफिनिटीका अनुसार यो वर्ष विश्वव्यापी आपूर्तिमा तीनवटा खोप प्रमुख रूपमा देखिनेछन् – फाइजर/बायोएनटेक २.४७ अर्ब मात्रासहित, अक्सफर्ड/आस्ट्राजेनेका १.९६ अर्ब मात्रासहित र सिनोभ्याक १.३५ अर्ब मात्रासहित । अहिलेसम्म फाइजर र सिनोभ्याकले आफ्ना प्रारम्भिक लक्ष्यअनुसार उत्पादन गरिरहेका छन् । आस्ट्राजेनेकाले सुरुमा यो वर्ष तीन अर्ब मात्रा खोप उत्पादन गर्ने घोषणा गरेको थियो । त्यो हासिल गर्नका लागि प्रविधि र विज्ञता साझेदारी गरेर उक्त कम्पनी विभिन्न ठाउँमा रहेका उत्पादकमा भर परिरहेको थियो । ‘तर आस्ट्राजेनेकाका लागि यी कुराहरू काम गर्न निकै समय लागिरहेको छ,’ टेलर भन्छिन् । फाइजर र सिनोभ्याकले भने सुरुदेखि अन्त्यसम्म आफैँ उत्पादन गर्छन्।

खोप थुपार्ने काम
विभिन्न ठाउँमा निर्यातमा लगाइएका प्रतिबन्धहरूका कारण विश्वभरि खोप वितरण गर्ने काम अवरुद्ध भएको छ । महामारीअघि भारतको सीरम इन्स्चिच्युटले विश्वको ६० प्रतिसत खोप उत्पादन गर्थ्यो । एअरफिनिटीका वरिष्ठ विश्लेषक मट लिन्लेले बीबीसीलाई बताएअनुसार त्यसले खासगरी विकासशील देशलाई अप्ठ्यारोमा पारेको छ । ‘फाइजरले सबैभन्दा धेरै मात्रा खोप उत्पादन गर्ने अपेक्षा गरिएको छ तर त्यो सबैजसो धनी देशले किनिसकेका छन्। आस्ट्राजेनेका ठूलो मात्रामा युरोप र भारतमा उत्पादन भइरहेको छ र त्यो त्यहीँ अड्किरहेको छ,’ उनी भन्छन्।

एअरफिनिटीका अनुसार चीनले मात्र ठूलो मात्रामा खोप निर्यात गरिरहेको छ । अहिलेसम्म उसले २६ करोड मात्राभन्दा बढी खोप देशबाहिर पठाएको छ । उक्त सङ्ख्या संयुक्त राष्ट्रसङ्घ नेतृत्वको खोप साझेदारी कार्यक्रम कोभ्याक्सको भन्दा बढी हो । रुसले भने ‘धेरै वाचा गरेको तर देशमा पुर्याइनसकेको’ अवस्था छ । एअरफिनिटीका अनुसार मे १७ सम्म ४.२ करोड मात्रा स्पुत्निक भी खोप उत्पादन हुँदा १.३ करोड देशबाहिर निर्यात भएको छ । रुसले सुरुमा विश्वभरिका १८ वटा कम्पनीसँग सम्झौता गरेको भए पनि देशबाहिर काजाकस्तानमा मात्र एउटा कम्पनीले उक्त खोप उत्पादन गरिरहेको छ । भारतीय अधिकारीहरूले स्पुत्निक भी अगस्ट महिनापछि मात्र ८५ करोड मात्रा उत्पादन गर्नेगरी भारतमा उत्पादन हुने घोषणा गरेका छन् ।

कोभ्याक्समा असर
विश्वको सबैभन्दा ठूलो खोप उत्पादक भारतले रोकिरहेको आपूर्तिको असर विपन्न देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रममा परेको छ । सन् २०२१ को अन्त्यसम्ममा कोभ्याक्सले दुई अर्ब मात्रा खोप उपलब्ध गराउँदै त्यसमा सहभागी देशको कम्तीमा २० प्रतिशत जनसङ्ख्यालाई खोप दिने योजना बनाएको छ । उक्त २० प्रतिशतमा जोखिमयुक्त समूहमा पर्ने स्वास्थ्यकर्मीजस्ता मानिसहरू प्राथमिकतामा पर्नेछन् । तर राष्ट्रसङ्घीय बालकोष यूनिसेफका अनुसार उसले १२५ देशमा ७ करोड २० लाख मात्र खोप पठाउन सकेको छ ।

खोप साझेदारी
‘खोप कूटनीति’ र ‘खोप ऐक्यबद्धता’ बारे जेसुकै चर्चा भए पनि खासै धेरै देशहरूले खोप अन्यत्र पठाउन चाहेका छैनन् । सोचेअनुसार आपूर्ति हुन सकेमा एअरफिनिटीको अनुमानमा सन् २०२१ को अन्त्यसम्ममा २.६ अर्ब मात्र खोप विश्वमा चाहिनेभन्दा धेरै हुनेछ । त्यस्तो मात्रा कोभ्याक्सको पूरा वितरण योजनाभन्दा अधिक हुनेछ । युरोपेली सङ्घ ईयू र पाँच अन्य देश– अमेरिका, जापान, वेलायत, ब्रजिल र क्यानडासँग बढी हुने ९० प्रतिशतभन्दा धेरै खोप हुनेछ।

पाब्लो उचोआ
बीबीसी विश्व सेवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शोषण र उत्पीडनको प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षप पुष्पकमल दाहाल प्रचण्डले सदियौँदेखिको उत्पीडन र शोषणका

एक वर्षअघि मलेसियामा हत्या गरिएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

विष्णुप्रसाद गौडेल, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया

सिरियामा नयाँ सरकार गठनको तयारी

दमास्कस । सिरियाका विदेशमन्त्री असद अल–शैबानीले बुधबार सिरियामा मार्चमा नयाँ सरकार गठन हुने

चिनियाँ उद्योगमा स्मार्ट टेक्नोलोजी र डिजिटलीकरणको तीव्र विस्तार

बेइजिङ । चीनले औद्योगिक डिजिटलाइजेसन र बौद्धिक स्तरवृद्धिलाई गति दिन ३० हजार भन्दा