‘गैरसंवैधानिक कार्य गर्ने सम्माननीयद्वयलाई जयजयकार गर्न सकिँदैन’



काठमाडौं । तीन जना पूर्वप्रदेश प्रमुखले पटक–पटक संसद विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् । प्रदेश–१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर खनालले संयुक्त विज्ञप्ति जारी पटक पटकको संसद विघटनको विरोध गरेका हुन् ।

उनीहरुले प्रमुखहरूले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभालाई निजी कम्पनीजस्तै पटक पटक विघटन गरेर निरंकुश र सर्वसत्तावाद प्रदर्शन गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबाट एकपटक, दुईपटक हैन बारम्बार र धेरै पटक संविधानको भावना र मर्मविपरीतका थुप्रै कामहरु विवादित र ओलोचित रुपमा रहेका छन् । आरम्भदेखि नै संविधान कार्यान्यन, पालना र संरक्षणमा सम्माननीयद्वयको इमानन्दारी र संरक्षकत्व देखिएन । देशका सबै जनताप्रति समभाव र संरक्षकत्वको दायित्व पुरा गरेको देखिएन । पक्षपातपुर्ण र गुटगत र निजी स्वार्थको लागि संविधान र कानूको दुरुपयोग र अपव्याख्या गरिएको पाइयो ।’

उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधानको रक्षा गर्नका लागि सवै लोकतन्त्रवादीहरु एक हुनुपर्ने र सम्माननीयद्वयको गैरसंवैधानिक कदममा पूर्ण विराम लगाउन आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हुदाँहुदाँ सर्वमौम सत्ता सम्पन्न जनताबाट निर्वाचित प्रतिनिधिसभालाई आफ्नो प्राइभेट कम्पनीजस्तै महिनैपिच्छे विघटन गर्ने निरकुश र सर्वसत्तावाद प्रर्दशित भइरहन थाल्यो । यस्तो अपकार्यले संविधानको जीवन क्षय हुदै जान्छ । संविधान नै मासियो भने त्यसपछिको स्थिति अनुमानयोग्य छैन । यस्ता गैरसंवैधानिक सम्माननीयद्वय जयजयकार गर्न संकिदैन ।’

संयुक्त विज्ञप्ति
मिति : २०७८-०२-१६

जनआन्दोलन २०६२-६३ को उपलव्धीस्वरुप प्राप्त वर्तमान संविधानबमोजिम भएको २०७४ को आमनिर्वाचनद्धारा गठित प्रतिनिधिसभालाई सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीज्यूको निहित हित र व्यक्तिगत स्वार्थकै लागि २ पटक प्रतिनिधिसभाको विघटन गरिएको छ । पहिलो विघटित प्रतिनिधिसभा सम्मानित सर्वोच्च अदालतबाट पुनस्थापित भै प्रतिनिधिसभाको सदस्य एवम् प्रतिनिसधमा सबैभन्दा बढी सदस्यहरु भएको नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ उपधारा ३ बमोजिम सम्माननीय राष्ट्रपतिज्यूबाट दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीज्यूले आफु प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभामा विश्वाको मत लिने संवैधानिक बाध्यत्मक कर्तव्य पुरा गरी त्यसबाट जे परिणाम आउथ्यो सो बमोजिम संवैधानिक मार्गलाई निरन्तरता दिनुपर्नेमा ३० दिन नपर्खी स्वार्थ र सत्ता लिप्साको बसिभूत भई दुवै सम्माननीयज्यूहरुको पुर्वनियोजित मत सल्लाहबाटै प्रतिनिधिसभा विघटन गराइएको कुरा स्पष्ट छ ।

त्यसो नहुदो हो त प्रतिनिधिसभाबाट माननीय शेरबहादुर देउवाको समर्थनमा प्रतिनिधिसभाका १४९ जना माननीय सदस्यहरुले हस्ताक्षर गरि राष्ट्रपतिज्यूबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आव्हान भए अनुसार पत्र बुझाउँदा दुरासायपुर्वक माननीय शेरबहादुर देउवाको प्रधानमन्त्रीका लागि दाबी नपुग्ने भन्ने राष्ट्रपतिज्यूको भनाइ लगत्तै सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूले मिति २०७८ जेठ ७ को मध्यरातमै संविधानको धारा ७६ को उपधारा ७ बमोजिमको सिफारिश अनुसार २०७८ जेठ ८ मा सम्मानीय राष्ट्रपतिज्यूले दोस्रो पटक प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मितिसमेत तोक्नुभयो । सम्मानीयद्धयको उक्त गरैसंवैधानिक कार्यले देशको लोकतन्त्रवादी, गणतन्त्रवादी र संघीयता आदि सबैलाई आंतकित तुल्यायो ।

कोभिड १९ को महामारी व्यवस्थापना हुन नसकी काबुबाहिरको यो भंयकर डरलाग्दो परिस्थितिमा सम्माननीयद्धयको उक्त संविधान विपरीतको स्वेच्छाचारी, निरंकुश एवम् सर्वसत्तावादी जनविरोधी कदमविरुद्ध सम्मानीत सर्वोच्च अदालमा रिट निवेदनहरु परि सुनुवाई हुदै गरेकोले संविधानको व्याख्या भई प्रतिननिधिसभा पुनस्थापित हुने नै छ ।

सम्मानीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबाट एकपटक, दुईपटक हैन बारम्बार र धेरै पटक संविधानको भावना र मर्मविपरीतका थुप्रै कामहरु विवादित र ओलोचित रुपमा रहेका छन् । आरम्भदेखि नै संविधान कार्यान्यन, पालना र संरक्षणमा सम्माननीयद्धयको इमानन्दारी र संरक्षकत्व देखिएन । देशका सबै जनताप्रति समभाव र संरक्षकत्वको दायित्व पुरा गरेको देखिएन । पक्षपातपुर्ण र गुटगत र निजी स्वार्थको लागि संविधान र कानूको दुरुपयोग र अपव्याख्या गरिएको पाइयो ।

सरकार प्रमुख र राष्ट्र प्रमुख भएपछि साम्भवी विचारले सबै वर्ग र व्यवसायप्रति संरक्षकत्व र वात्सल्य प्रदान गर्नुपर्नेमा आफ्नो र विरानो भन्ने कुराले बढी काम गरेर कानून र संविधानमाथि नै शासन हुदै गयो, फलस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था एउटा तमाशा बन्न पुगे । प्रतिक्रान्तिकारीहरुले यस अवस्थाको लाभ लिन खोजे । संविधानको संरक्षण र पालन नहुदाँ आजको राजनीतिक संकट निम्तियो । ठोस काम गर्न नसक्दा दिगो शान्ति, विकास र समृद्धि मृग मरिचिकाजस्तै बन्यो । लोकतन्त्र संघीयता गणतन्त्र आफ्नो कर्मले वदनाम हुदै जान थाल्यो । यो पुष्पित न भएन नै पल्लवित पनि हुन सकेन फलित् त टाढाको कुरा हो ।

हुदाँहुदाँ सर्वमौम सत्ता सम्पन्न जनताबाट निर्वाचित प्रतिनिधिसभालाई आफ्नो प्राइभेट कम्पनीजस्तै महिनैपिच्छे विघटन गर्ने निरकुश र सर्वसत्तावाद प्रर्दशित भइरहन थाल्यो । यस्तो अपकार्यले संविधानको जीवन क्षय हुदै जान्छ । संविधान नै मासियो भने त्यसपछिको स्थिति अनुमानयोग्य छैन । यस्ता गैरसंवैधानिक कार्यका कर्ता सम्माननीयद्वय जयजयकार गर्न संकिदैन ।

पुर्वप्रदेश प्रमुख

प्रदेश नं १ : प्राडा. गोविन्दबहादुर तुम्वाहाङ
गण्डकी प्रदेश : बाबुराम कुँवर
कर्णाली प्रदेश : दुर्गाकेशर खनाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५

दोहाबाट काठमाडौँ आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपाल र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ