जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ?



रेखा थापा ।
देश कोरोनाको वैश्विक महामारी कहाली लाग्दो आतंकमा परेको छ । मानवजाति र महामारी बीचको लडाईंमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधुप पनि चलेकै छ । नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वाश त पाएकै छन (आकार फरक होला)। प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिँदैनन् । हामी नेपाली र यो राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आमजनता सधैं निरिह रैति मात्र हुने भए ।

यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनी पार्टीहरु– गुनासो र गाली गर्ने चौतारो हुन् ? लाशहरुले पनि हृदय नछुने पापी व्यवस्थामा अब राजनीति झन् घृणित हुने देखिन्छ । यिनी अनुहार सिंहदरबार छिरेको कति बर्ष भयो ? जनताको रक्षाको लागि यिनीहरुले आफ्नो आफ्नो पालामा के के गरेका थिए ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को को जिम्मेवार छन् ? हिसाव व्यक्ति र व्यवस्था दुईटैको हुनुपर्छ । जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ???????

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बयानका लागि रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका

नेपाल-भारत संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा

सात करोडको काठ वन कार्यालयमै कुहिँदै

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता