मानवता नै नभएकाहरुमा समानुभूतिको भाव हुने त कुरै भएन
रवीन्द्र मिश्र ।
संघीयता चाहिएको स्थानीय सुशासन, विकास र सशक्तिकरणका लागि हो। देश महाव्याधीको महासंकटमा छ। तर यो संकटका बेला हरेक नागरिकले औषधि, अक्सिजन, अस्पताल, बेड, खाना, नाना, पैसा सबै आफैँ जोहो गर्नु परेको छ ।
शीर्ष भनिने नेताहरू सरकार जोगाउने र ढलाउने कोठे संवादमा व्यस्त छन्। बाहिर जनता मरिरहेका छन्। मानवता नै नभएकाहरुमा समानुभूतिको भाव हुने त कुरै भएन। तर “भोलि फेरि जनअनुमोदित हुने त हामी नै हौँ“ भन्नेमा उनीहरू ढुक्क छन् ।
होली वाइनले नुहाउँदा, सबै सफा नै रहे। ओम्नी, यती, बालुवाटार, लाउडा, धमिजा, सांसद किनबेच जस्ता काण्डले थिच्दा सबै मुस्कुराउँदै तंग्रिए। संविधान कुल्चिँदा, संविधानमाथि उनीहरू नै शानका साथ उभिए। ताली बजाइदिनेहरूको कमि नभएपछि कु–पथमा हिँडिरहेकाहरूलाई सपथका शब्द अटेर गर्दा के नै फरक पथ्र्यो र ?
यिनले जनताको, एउटा पुस्ताको मात्र होइन, सिँगो देशको र देशको भविष्यको नै हुर्मत लिइरहेका छन् । संघीयता केका लागि हो ? स्थानीय सरकार केका लागि हो ? हजारौँ स्थानीय जनप्रतिनिधिको व्यापार, व्यावसाय र कमिशन बढाउन ? सिंहदरबारको भ्रष्टाचार गाउँगाउँ पुर्याउन?
संकेत शुभ छैनन् । समयमैँ चेतना भया !