एमालेको वार्ता सकारात्मक, कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई



काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि शुक्रबार साँझको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । करिव तीन घण्टा चलेको वार्तामा पार्टीलाई एकतावद्ध बनाउने विषयमा सौहर्दपूर्ण वातावरणमा छलफल भएको एमाले नेता रघुजी पन्तले जानकारी दिए ।

उपाध्यक्ष डा. भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरतापूर्वक छलफल भएको बताए । उनले २०७५ जेठ २ गते अघिको कुरालाई आधार मानेर अघि बढ्ने गरी छलफल अघि बढाइएको भन्दै त्यसका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदल बनाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको उनले बताए ।

छलफलमा अध्यक्ष ओलीका साथै ईश्वर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा, सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल थिए । त्यस्तै नेपालपक्षबाट नेता नेपालसहित डा. भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए ।

ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराएका थिए । ओली र नेता नेपालबीच बिहीबार पनि छलफल भएको थियो । बूढानीलकण्ठस्थित एक व्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीद्वारा महाधिवेशनमा सहभागी हुन ६ सयलाई पत्राचार

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिष्ट–सोसलिस्ट–लेबर

उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा

‘गृहमन्त्रीमाथि छानबिन गर्न सरकार किन डराएको ?’

नेपालगंज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल भन्दा देश माथि छ

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी