नेपालमा राजनीतिक कर्मफल



भीम उपाध्याय ।

नेपालको राजनीति र नेताहरूको भनेको थुकेको थुक चाट्ने, अरूले थुक चाट् भने चाट्ने र आकाश तर्फ फर्केर थुक्ने हुदै आएको छ। स्वेच्छा थुक्न नपाउने निल्ने संस्कारमा राजनीति दिक्षित हुदै यहॉ पुगेको हो। हिजो संसद विघटन गरेर आफैलाई मार्ने ९३ जना सांसदले हत्यारालाई नै विश्वासको मत हाल्न अभिषप्त भए। हिजो प्रम ओलीमाथि विश्वास छैन भनेर बहुमत संसदले मत पनि हाले।
अब तिनै बहुमत सांसद र नेताहरूले संसदको हत्यारा र संसदको विश्वास छैन भनेर विपक्षमा मत हालिएका उनै नेता अल्पमतीय नयनियुक्त प्रम ओलीलाई कसरी कुन मुखले विश्वासको मत दिने होलान्?

सांसदहरूले आफैले वाश बेसिनमा थुकेको थुक चाट्छन् कि चाट्दैनन् त्यो पनि अब हेर्न पाईने छ। प्रधानमन्त्रीले संसद भंग गर्न पाउदैनन्, त्यो अधिकार संविधानमा छैन। संसदबाट प्रम बन्न नसके वा अल्पमतको प्रमलाई विश्वासको मत नदिए संसद स्वत: विघटन भएर चुनावमा जानपर्ने हो। त्यसैले थुकेको चाटेर अब कि प्रम ओलीलाई विश्वासको मत देउ कि स्वत: संसद विघटन भएर ६ महिनाभित्र चुनावमा जाउ भन्ने विकल्प बॉकी छ। तर, कोरोनाको महाकहरले चुनावमा जानबाट टाङ अडाउन सक्छ। त्यसैले कि संविधान संसोधन गर कि संकट काल लगाउ विकल्प मात्र देखिदै छ।

संविधानको धारा ७६(२) बमोजिमको संयुक्त सरकारका प्रम एमालेका अध्यक्ष ओली, धारा ७६(१) बमोजिमको एकल बहुमतीय दलको प्रम नेकपाका अध्यक्ष ओली र७६(३) बमोजिमको अल्पमतको सरकारको प्रम पनि उनै एमालेका अध्यक्ष ओली- पूरा राजनीतिक ढल जाम छ।
ओली संविधानका सबै ३ वटा विकल्पका संविधानको धाराहरूको बमोजिम पालैपालो प्रम बने ।

यसरी विगत १४ वर्षको अनुभव र ब्यवहारले यो संविधानको प्रावधान र यो राजनीतिक ब्यवस्थामा मुलुकमा राजनीतिक स्थीरता, स्वच्छ प्रशासन, बैज्ञानिक प्राविधिक नेतृत्वको विकास र समृद्धि कदापि संभव छैन। यो संविंधान बमोजिम कहिल्यै बहुमतीय सरकार बन्ने संभव नै छैन। राजनीतिक चटके एकिकरण गरेर नेकपा दलको बलात् जन्म गराईएको मात्र थियो, एकपटक जनचाहना बमोजिमको बहुमतीय कम्युनिष्ट सरकारको चटक देख्ने रहर थियो, त्यो पूरा चैँ भयो। सिनेमा हलबाट शो सकिएर निस्कदा ३ घंटाको समय र पैसाको बर्बादी मात्र भएको हो। त्यसरी बलात जन्मेको शिशु बच्चा नेकपा ३ वर्षमा नै कालको पन्जामा पर्यो। जसले नक्कली बिहे गराएको नाटक गरे, उसले नै नाबालक नेकपाको घॉटी निमोठेर मारी दाहसंस्कार गराएको मात्र हो। यो स्वाभाविक विजातीय राजनीतिको परिणति हो।

मुलुकमा हालसम्म टुटफुटमा दंग पर्ने कम्युनिष्टहरूको पत्ता साफ गर्ने लक्षसहितको यो राजनीतिक उथलपुथल थियो र हो। यो नेपालमा राजनीतिले जबरजस्ति संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको कुपथ खाएर अपच भई अहिले घोर पखाला र वमन भएको मात्र हो। अबको परिवर्तन मुलुकका लागि के कस्तो हुने हो त्यो पनि अब केही समयपछि पटाक्षेप हुनेछ।अस्थीरताको दशकऔँको यात्रामा नेपालको राजनीति चलिरहेको छ। राजनीतिक गाडी ब्रेक फेल स्टेरिंग फेल र चार चक्का चार तिर उछिट्टिएर न बाहिर न भित्र कसैको नियन्त्रणमा छ।

विदेशीले आर्टिफिसियल गर्भाधान गरिदिएर बर्तमान ब्यवस्था बिदेशमा राजनीतिक बा परिवर्तन भएपछि नेपालको राजनीति बेवारिसे हुन पुगेको मात्र हो, कुरा प्रष्ट छ। धुरी बालेर आगो तापेर रमाउने नेपालीको कर्म यस्तै हुन्छ। यो मुलुक सर्वत्र पापैपापको पीपको दह बनिसकेको छ। यहॉ केही सत बॉकी बचल छैन। यसको नतिजा जनताले भोग्नु नै कर्म हो। कर्म भनेको आफ्नो नदुखेको कपाल डोरी लगाएर बॉधेर दुखाउनु हो, त्यही भएको छ। यो ब्यवस्थामा चुनावमा उठेर न बहुमत आउछ, न शासन नियन्त्रणमा हुनेछ। पद पाउन त चुनावमा जानै पर्दैन, दृश्य अदृश्य देशी बिदेशी बोसको निर्लज्ज निर्घिणी पाउ मले सजिलै चाहेको पद पाईन्छ।

भारतमा बिजेपीको उदय संगसंगै कम्युनिष्टहरू सोत्तर भए। त्यही लाईनमा नेपाल पनि लागेको देखिदै छ…! जो होगा अच्छा होगा।
बरू कठपुतली राजनीतिक नर्तक नर्तकीहरूको नाच हेरेर मनोरंजन लिईरहौँ। कर्मको फल अकाट्य साश्वत नियम हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५

दोहाबाट काठमाडौँ आउँदा मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय

नेपाल र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा

खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज निर्माण

खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ