यो साँच्चिकै प्राकृतिक महामारी हो भने साधन सम्पन्न देशहरुका बीचमा किन सहकार्य हुन सकेन ?



भरत दाहाल ।
अमेरिकाको रोग नियन्त्रण तथा निवारण संस्था (सिडिसी) ले आफ्नो पूर्व घोषणामा १८० डिग्रीको फन्को मारेर कोरोना संक्रमणबारे मत सार्वजनिक गरेको छ । त्यसले गत बर्ष मात्र विमारीसंगको संपर्कबाट कोरोना अर्को व्यक्तिमा सर्ने वक्तव्य निकालेको थियो भने अहिले आएर यो हावाबाट पनि सर्ने भएकोले भौतिक दुरी कायम गर्दैमा सुरक्षित हुन नसकिने वक्तव्य निकालेको छ।

कोरोनाका प्रकारहरु, यसका लक्षणहरु, यो सर्ने माध्यम र तरिकाहरु तथा यसको अन्त्य कहिले हुन्छ भन्ने विषयमा प्रचारमा ल्याईएका थरीथरीका भ्रामक कथाहरु हेर्दा के स्पष्ट हुन्छ भने कोरोना वास्तवमा के हो भन्ने कुरा दशकौंसम्म कसैलाई जानकारी दिईने छैन, जबसम्म अपराधिहरुको उद्देश्य पूरा हुँदैन। मानिसहरुलाई अन्योल र भ्रमको शिकार बनाउनु नै यीनीहरुको उद्देश्य देखिन्छ।

कोरोना जैव–रासायनिक आक्रमण हो नकी प्राकृतिक भाईरस। त्यसै कारणले यसका बारेमा स्पष्ट कुरा गर्न कोही चाहिरहेका छैनन् र एकपछि अर्को गरी नयाँ नयाँ कथाहरु रचना गर्दैछन्। कोरोना के हो, कहाँबाट आयो, कसरी सर्छ, कस्ता लक्षण हुन्छन् र यो कहिले निर्मूल हुन्छ भन्ने कुरा नै यीनीहरुलाई थाहा छैन भने यीनीहरुले दाबी गरेको उपचार पद्धति सतप्रतिसत झूठ हो भन्ने कुरा त्यसै पनि थाहा हुन्छ।
मूलभूत रुपमा यो राजनीतिक षडयन्त्र हो। यो शक्तिको वर्चश्वका लागि खेती गरिएको षडयन्त्र हो। गत बर्ष मानिसहरुको दिमागमा कोरोना आतंक फैलाएर बेलारुस, यूक्रेन, भेनेजुयला, आर्मेनिया, अजरबैजान, ईण्डियाको लद्दाख, बर्मामा घटाइएका घटनाहरु र क्वासिम सुलेमानीको हत्यालाई स्मरण गर्न जरुरी छ । कोरोना आतंक फैलाएर हाम्रै देशका चलिरहेको सत्ताको झगडा हेरे पनि पुग्छ।

दक्षिण चीन सागर हेरौं । ताइवान हेरौं। यूरोपियन र अमेरिकनहरुका एजेण्डाहरुमा उईगुरका एजेन्डा हेरौं। रुसको नर्द स्ट्रीम २ प्राकृतिक ग्याँस पाईप लाईनमा केन्द्रित लडाईं हेरौं। शक्ति राष्ट्रहरु जुन मुद्दाहरुमा केन्द्रित हुँदै गएका छन्, त्यसका कतै पनि कोरोनाले महत्व पाएको छैन। नत यो कथित महामारीको सामना कसरी गर्ने भन्ने विषयमा आजसम्म कुनै देशहरुका बीचमा संयुक्त छलफलहरु भएका छन्।
यो साँच्चिकै प्राकृतिक महामारी हो भने साधन सम्पन्न देशहरुका बीचमा सहकार्यसम्म सुरु हुन किन सकेन ? किनकी सबैलाई थाहा छ कि यो आर्थिक..राजनीतिक उद्देश्य प्रेरित जैव–रासायनिक हतियार हो । त्यसैले साम्राज्यवादीहरु कोरोना नियन्त्रण गर्ने प्रश्नमा नभएर क्षेत्रिय युद्धहरु भड्काउने र कमजोर देशहरुमा कू, गृहयुद्ध, सडक विद्रोह वा द्विपक्षीय द्वन्द्वहरु गराउने योजनामा केन्द्रित भएका छन् ।

कोरोना आतंकको आवरणमा विश्वमा अब राजनीतिक अस्थिरता र सशस्त्र युद्धहरु बढ्ने छन् भन्ने यथार्थतामा कसैको शंका नरहे हुन्छ । नेपाल पनि यसको एउटा पाटो हो। मानिसहरुलाई कोरोना आतंकले विक्षिप्त बनाएर यहाँका अपराधी दलालहरु जस्तो खेलमा लम्पट भएर लागेका छन्, यही नै वास्तविकतालाई बुझ्नका लागि पर्याप्त छ। नबुझ्नेहरुले बुझ्दै जालान तर विश्वमा भयानक हिंसा संघारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६

इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट