आफ्ना जनताको लापरवाहीका कारण कोरोना फैलिएको भनेर हालसम्म ओलीबाहेक अन्य सरकार प्रमुखले शायदै भनेका होलान् !
नारायण गाउँले ।
आफ्ना जनताको लापरवाहीका कारण कोरोना फैलिएको भनेर हालसम्म ओलीबाहेक अन्य सरकार प्रमुखले शायदै भनेका होलान् ! कस्तो निर्मम, गैरजिम्मेवार र नालायक अभिव्यक्ति होला !
कोभिड़को बेला संसदलाई महिनौं बन्द राख्दै अन्त्यमा अवैधानिक रूपमा विघटन गरेर सड़कमा तैँले भन्दा म धेरै भीड़ जोड्छु भन्ने प्रतिष्पर्धा गर्ने ओली नै होइनन् ? के उनको कुनै जिम्मेदारी छैन ?
पीसीआर चेक गर्ने लाइनमा कुर्दा कुर्दै मान्छे ढलेका छन्, एम्बुलेन्स नपाएर सङ्क्रमितलाई ट्ऱ्याक्टरमा बोक्नुपर्ने अवस्था छ, अक्सिजन र बेड नपाएर दिनहुँ बचाउन सकिने ज्यान गुमिरहेका छन् । तर प्रधानमन्त्री भन्छन्, ‘सिचुएशन अन्डर कन्ट्रोल’मैं छ ।
कम्तिमा विनम्रतापूर्वक गल्ती र कमजोरी स्वीकार गर्न केले रोक्छ होला ? यो झूट र हठ कहाँबाट आउँछ होला ?