प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार संसद भवन नयाँबानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

उनका अनुसार विश्वासको मतको विपक्षमा मत दिन कांग्रेसले सबैलाई आग्रह पनि गरेको छ । खाँणले भने, ‘प्रधानमन्त्री राजनीतिक र प्रशासनिक रुपमा पूर्ण असफल भएकाले उहाँलाई काँग्रेसले विश्वासको मत दिँदैन । आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ ।। प्रधानमन्त्री ओलीको विश्वासको मत लिन प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य छैन।’

बैठकमा सभापति देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् ।

उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरी विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताए । बैठकमा सभापति देउवाले सरकार निर्माणका लागि भइरहेको प्रयासबारे पनि सांसदलाई ब्रिफिङ गरेका थिए । आफ्नो नेतृत्वमा सरकार निर्माणको सम्भावना पनि बढेको उनको भनाइ थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के नेपाली हुनुमा गौरव छ ?

डा. गोविन्दशरण उपाध्याय । स्थान : पशुपति परिसर, समय: ११ः३० के तपाईंलाई नेपाली

राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छः सांसद शर्मा

दाङ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था

शक्तिमा भएकै भरमा कानुनले छुट दिँदैन भन्ने कुरा नेपालीले बेलायतबाट सिक्ने कि ?

नारायण गाउँले । परिचयपत्र बोक्न बिर्सिएपछि बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनलाई भोटिङ बुथबाट

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौँ । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई