जनता अक्सिन नपाएर छटपटिँदै मर्नु जम्मा एउटा सङ्ख्या हो भने चुनावमा कस्ले जित्ने भन्ने कौतुहल र सङ्ख्या हाम्रो जीवन हो !



नारायण गाउँले ।

कस्तो मनै अमीलो हुने !
पत्रकारितादेखि कलाकारितासम्म सक्रिय शोभा केसी भन्ने एक महिला कोभिड़का कारण दिवङ्गत हुनुभएछ । उहाँ केही दिनदेखि कोभिड़का लक्षणले थलिएर घरमा एक्लै भएको बुझियो । आफै चेक गराउन जान नसक्ने गरी थला परेको र घरमैं चेक गर्ने व्यवस्था नरहेको उहाँले केही दिनअघि स्ट्याटस लेखेर बताउनुभएको रहेछ । उहाँको फ्रेन्डलिस्टमा स्थानीयदेखि केन्द्रीय सरकारसम्मका प्रतिनिधि र स्वास्थ्यकर्मीसम्म रहेको जस्तो देखिन्छ । आफन्तले पनि त्यो स्ट्याटस पढेको हुनुपर्छ । तर उहाँ अस्पताल पुग्न सक्नुभएन ।

एक त परीक्षण नै महँगो, पोजेटिभ देखिए पनि यथोचित सल्लाह र व्यवस्थाको अभाव, खर्चिलो उपचार अनि तुरुन्तै हस्पिटल चाहिने भए पनि बेडको अभाव र एम्बुलेन्सबाट हस्पिटलहरू चहार्दा चहार्दै मृत्यु हुने अवस्थाले गर्दा धेरै जोगाउन सकिने ज्यानहरू हामीले गुमाइरहेका छौं । आजै बुटवलका बडाध्यक्षले एक हप्तादेखि बेड नपाएर घरमैं आइसोलेशनमा बसेको र रोगले च्यापेर सास फेर्न गाह्रो हुँदै आएपछि एम्बुलेन्समा एकपछि अर्को हस्पिटल पुग्दासमेत कसैले ठाउँ छैन भनेपछि एम्बुलेन्समैं प्राण त्यागेको समाचार पढियो ।

यो हामी सबैलाई, अझ खास गरी भीड़ जम्मा गरेर विश्व नै छक्क पर्ने गरी समृद्धि आएको भाषण गर्नेहरूलाई, लज्जा र ग्लानिको विषय हुनुपर्ने हो । लाग्छ, हामीले न्यूनतम मानवीय संवेदना पनि गुमाइसकेका छौं र त यस्ता घटनाले न हामीलाई छुन्छ, न शासकलाई । एउटा नागरिक एम्बुलेन्समा सास फेर्न नसकेर छटपटिँदै मर्नु जम्मा एउटा सङ्ख्या हो भने चुनावमा कस्ले जित्ने भन्ने कौतुहल र सङ्ख्या हाम्रो जीवन हो !
उहाँहरूको आत्माले शान्ति पाओस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने