विरोधीहरूको नालायकी र कायरता ओलीको शक्ति
केशवप्रसाद भट्टराई।
प्रधानमन्त्रीका हजार कमी–कमजोरी होलान् तर उनका विपक्ष र विरोधीहरूको नालायकी र कायरता प्रधानमन्त्रीको शक्ति वनिरहेको छ ।
१. प्रधानमन्त्रीको तुलनामा उनका विरोधीहरूसँग उनको एकोहोरो र अराजक विरोध गर्नु बाहेक कुनै रणनीतिक लक्ष, योजना दृष्टि केही देखिएन ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरे, चुनावको घोषणा गरे ।
जनतामा जाने कुरा प्रतिगमन भयो यिनलाई !
विघटनको विरोध गरे,
संसदको पुनर्स्थापनाको माग गरे ।
अदालतले कहाँ देखेछ विकल्पको सरकारको सम्भावना पुनःस्थापना गरिदियो ।
अदालतको फैसलालाई प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्नेहरूले गलत सावित गरिदिए ।
२. त्यो पुनःस्थापित प्रतिनिधिसभालाई आफ्ना राजनीतिक लक्षमा उपयोग गर्न प्रधानमन्त्रीका विपक्षी र विरोधीहरू चरम लाचारी र निरीहता राजनीतिक कायरता प्रदर्शन गरेर मिडियामा प्रधानमन्त्रीको एकोहोरो विरोध गरेर बसिरहे ।
कुनै राजनीतिक निर्णयगर्न सकेनन् ,
कुनै कदम उठाउन सकेनन् ।
माओवादीको त राजनीतिक कायरताको सीमा नै रहेन ।
आफूले त्यत्रो विरोध गरेको प्रधानमन्त्री विरूद्ध आफ्नो विश्वास नरहेको विधि पूर्वकको लिखित जानकारी संसदलाई गराउने सम्म ह्याउ देखाउन सकेनन् ।
संसदबाट आर्को प्रधानमन्त्री दिने हुती नदेखाउने,
चुनावमा जाने कुरा आउने वित्तिकै सातो जाने तर मिडियामा नाचेर राजनीति धान्ने हुतिहाराहरू मात्रै आफ्नो विपक्षमा देखे पछि खेलाउने नै भए नी प्रधानमन्त्रीले !
प्रधानमन्त्रीले छाती ठोकेर आफू संसद समक्ष विश्वासको मतकोलागि प्रस्तुत हुने सङ्कल्प गरेर आए ,
उनका विरोधीहरू अव यसको पनि विरोधनै गरिरहेका छन् ।
प्रधानमन्त्रीसँग राजनीतिक लडाई लड्ने सामर्थ्य प्रदर्शन गर्नु पर्यो नी !
३. प्रधानमन्त्रीका हजार कमी–कमजोरी होलान् तर उनका विपक्ष र विरोधीहरूको नालायकी र कायरता प्रधानमन्त्रीको शक्ति वनिरहेको छ ।
विपक्ष र विरोधीहरूका कारण प्रधानमन्त्री बलिया देखिन्छन् ।
प्रधानमन्त्री अलोकप्रिय छन् र आफूहरू लोकप्रिय छौँ भन्ने विश्वास उनका विरोधीमा भएको भए चुनावलाई सामना गर्ने हुती देखाइहाल्थे नी !
वास्तविक प्रतिक्रियावादी हुन् यिनीहरू !
आफू कुनै निर्णय गर्न नसक्ने अनि प्रधानमन्त्रीले के निर्णय गर्लान् र कुनै मिडियाले कृपा गरेर बोलाउला र त्यहाँ गएर उफ्रौँ भनेर भद्रो हेरेर बस्ने !
यही हो राजनीतिमा पाखण्ड भनेको !