देश किन बनेन ?



डा.गोविन्दशरण उपाध्याय ।
इतिहास हातमा हुँदैन । प्राप्त भएका तत्थ्यहरूका आधारमा लेखिन्छ । इतिहास वितेका तत्थ्यहरूको संगालो हुन्छ । इतिहास निर्मम हुन्छ । इतिहास केवल वितेको कुराहरूको गन्थन हुन्छ । प्रशंसा गर्दैमा वा गालीगलौजले इतिहास प्रभावित हुन्न । इतिहाससंग जोडिएकाहरू इतिहासका प्रशंसक वा आलोचक हुन्छन् । इतिहासलाई आफ्नो भविष्य वनाउँन उद्यतहरू इतिहासको अपब्याख्या गर्छन् ्र इतिहासको अपव्याख्या गरेर आफ्नो कुण्ठा मेट्छन् ।

सुजित मैनालीले प्रसिद्ध इतिहासकार महेशराज पन्त, दिनेश राज पन्तहरूको बाटो समातेर इतिहासका असल–कमसल दूवै पाना खोल्ने प्रयत्न गरेका छन् । यसो गर्दा उनको कलम इतिहासको निरपेक्ष स्वरूपको रक्षा गर्न कटिबद्ध देखिन्छ । उनले “विस्तारवादी“ पृथ्वीनारायण शाहको रक्षा गरेका छैनन् तर पृथ्वीनारायणले जसरी नेपालको स्थापना गरे तेही काम तत्कालीन नेपालभित्रका अन्य राजारजौटाहरूले किन गर्न सकेनन् ? उनीहरूलाई कसले रोकेको थियो ? भन्ने प्रश्न आहुतिहरूलाई गरेका छन् ।

शिलान्यासले नेपालको राजनैतिक, धार्मिक, सामाजिक, भाषिक तथा भौगोलिक विखण्डनका पक्षधरहरूलाई भरपर्दो जवाफ दिएको छ । नेपालको निर्माण गर्न कार्लमार्क्स वा अन्य विदेशीहरूको कुनै योगदान छैन । हिन्दूकरण भएकै हो तर यहाँको हिन्दू करण इसाई–करण वा इस्लामीकरणजस्तो छुद्र छैन भन्ने भावले नेपाली–सामाजिक तथा सांस्कृतिक परम्परालाई भारतीय कट्टरतावादबाट भिन्न गरेको छ । भारतका हिन्दूहरूमा मुस्लिम र इसाईको अत्याचारले “कठोरता“ उब्जिएको छ तर नेपालीसमाज आजसम्म पनि यो बाट उन्मुक्त छ ।

नेपाललाई विदेशीदाताहरूको गोटी बनाउँन उद्यत डोरवहादुर बिष्टको बाहुनवादले नेपाली सामाजिक, सांस्कृतिक तथा धार्मिकता उपर इसाई–बर्चश्व स्थापित मार्ग प्रसस्त गरेको सुजितको आसय छ । जेसुइट इसाईहरूको बुई चढेर कम्युनिस्ट मेनिफेस्टो बोकेका तथा नेपाली समाज र इतिहासलाई सधैं वदनाम गरेर पेटभर्न पल्केका “राजनीतिज्ञ र अधिकारकर्मी“हरूका शिलान्यास “तीतो औषधि“ हो खाए विदेशी संक्रमण निको हुन्छ, नखाए मानसिक रोग पाल्ने निजको निर्णय आफ्नै हुनेछ । शिलान्यास पढ्नु पर्ने किताव हो यसले एउटा समाजशास्त्रीको आँखाले नेपालको इतिहास बुझ्न मद्दत गर्छ ।

प्रकाश विकल्पले “देश किन बनेन’ लेख्न निकै परिश्रम गरेको देखिन्छ । नेपालको विकासमा राजनैतिकदलहरूको विश्वासघातले उनी आहत छन् । उनले केलाएका र उत्तर प्राप्त गर्न खोजेका प्रश्नहरूले आमनेपालीका भावनाहरूको प्रतिनिधित्व गर्छन् । “देश किन बनेन“ उठाएका मुद्दाहरूमा आम नागरिक, राजनैतिक कर्मी तथा आमजनताले ध्यान दिनुपर्छ । हामी यहीं चुकेका छौँ ।

तर आफ्नो इतिहास, धर्म–संस्कृति तथा पुर्खाले नेपालको निर्माण गर्न खेलेको भूमिकाको आलोचना गरेर विकल्प निर्विकल्प रूपमा पुनः कम्न्युनिस्ट घोषणा पत्र बोकेका जेसुइटहरूको विनम्र अनुयायी बन्न पुगेका छन् । देश निर्माणमा हिन्दू–धर्म संस्कृतिलाई “बाधक ठान्ने“ डोरवहादुरहरूका गोटी बनेका छन् । म मान्छु, हिन्दू धर्ममा अनेकौं समस्याहरू छन् तर ती समस्याहरूलाई मात्र देश निर्माणमा बाधक ठान्नु गलत दृष्टिकोण हो । विदेशी राजनैतिक प्रतिमानहरू ग्रहण गरेर देशका वास्तविक समस्याको समाधान हुनै सक्दैन भन्ने तत्थ्य विकल्पले ७५ वर्षलामो राजनैतिक अभ्यास गरिसकेको नेपाली राजनीतिबाट बुझ्न सकेनन् ।

इतिहासलाई गालीगलौज गरेर, आफ्नै धर्मसंस्कृतिको सातों खाएर देशको निर्माण गर्छु भन्नु उचित होइन । आफ्ना खरावीहरूलाई क्रमशः न्यूनीकरण गर्दै सामाजिक, सांस्कृतिक तथा आर्थिक उन्नयनको रेखा दिन सकेको भए लेखकको भविष्य देख्ने दृष्टिकोण झल्किन्थ्यो । देश–निर्माणका लागि चिन्तित र कार्यरत व्यक्तिहरूले मार्गदर्शन प्राप्त गर्थे । देशको ८२ प्रतिशत जनतालाई विकासको अवरोधक ठानेर लंछित गर्नु प्रकाशको संकुचित र पूर्वाग्रहपूर्ण चिन्तनको परिणाम हो । विदेशीले नेपालको विकास गरिदिने होइनन् ।

मैनाली र विकल्पलाई पढ्दा खुसी लागेको छ । दूवै किताव पढ्न योग्य छन् देश किन बनेन भन्ने किताव सांग्रीला बुकले बजारमा ल्याएको हो भने शिलान्यास बुक हिल्सले छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा