अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म…
मान विना सन्देह,विना प्रश्न
जे भन्छु म
हुनेछ सब ठिकठाक इहलाेकमा।
अक्सिजन माग तिमी,बेसार-पानी दिन्छु म
आइसीयु माग तिमी,अम्बापात दिन्छु म
र भन्छु म-
मिथ्या हुन् यी सब
अक्सिजन,आइसीयु र भेन्टिलेटर
सत्य हाे केवल पावन रामनाम
ठाेरीवासी मेरा अप्रतीम भगवान्।
– आशु कवि खड्गप्रसाद शर्मा ओली
खगेन्द्र संग्रौला ।