नेपालमा पनि देखिंदैछ लक्षणविहिन कोरोना संक्रमण



-डा. रवीन्द्र पाण्डे। 

अहिले भारतमा फैलिएको कोरोना संक्रमण अधिकांश लक्षणविहिन पाइएको छ । एउटा अध्ययन अनुसार गत फेब्रुवरी १० देखि मार्च २० सम्म मुम्बईमा देखिएका ८५,००० केसमध्ये ६९,५०० केस लक्षणबिहिन अर्थात एसिम्प्टोमाटिक भएको तथा अस्पतालमा गएकामध्ये ८,००० व्यक्तिमा हल्का लक्षणमात्र देखिएका थिए । भारतमा देखिएको कोरोना दोस्रो लहरको मृत्युदर ०.६ प्रतिशत मात्र रहेको छ । .
हाल नेपालमा अन्य रिपोर्टको लागि तथा सर्जरी वा ब्लड ट्रान्सफ्युजन गर्दा लक्षण नदेखिएका व्यक्तिमा पिसिआर पोजिटिभ देखिएको छ ।
.
अहिले मौसम परिवर्तन तथा प्रदुषणको कारण रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन् । व्यक्तिगत तवरमा तथा सरकारले पिसिआर परीक्षण बढाउने हो भने संक्रमितको संख्या बढ्ने देखिन्छ । लक्षणविहीन संक्रमणले संक्रमितलाई कम असर गर्ने तथा अर्को व्यक्तिमा सर्ने दर कम हुने भएपनि जोखिम बर्गमा संक्रमण प्रवेश गर्यो भने खतरा बढ्ने देखिन्छ ।
.
भारतमा संक्रमण भयाबह रुपमा बढ्ने आंकडासंगै नेपाल आउनेको संख्या बढिरहेको छ । तसर्थ सरकारले सिमानाकामा कडाइ गर्ने, परीक्षण अनिबार्य गर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्ने, लक्षण देखिएका तथा पिसिआर नेगेटिभ भएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, समुदायमा परीक्षण गर्ने, कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी बनाउने, उपचारको तयारी गर्ने, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने तथा खोप आयातलाई प्राथमिकता दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको कांग्रेसको ठहर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको

हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा

शिशिर खनाल । लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको