अधिकांश मानिसका गलत प्रवृत्ति ठूलो पद र गहन जिम्मेवारीमा बस्दा केही कालसम्म मात्र ढाकिन्छ



भीम उपाध्याय ।

मानिस मरेपछि स्वर्ग जान्छ तर युधिष्ठिर र उनीसंगै गएको कुकुर ज्युदो स्वर्ग पुगेका थिए। महाभारत युद्धमा सबै सखाप भएपछि आफ्ना नातिहरूलाई राजपाठ दिदै ५ पाण्डव र द्रौपदी वानप्रस्थ गरेका थिए। हिड्दै गर्दा बाटोमा पहिला द्रौपदी, अनि सहदेव, त्यसपछि नहकुल, अनि भीम र अन्त्यमा अर्जुन गरी सबै ढल्दै गएका थिए। युधिष्ठिरलाई भाइहरू र द्रौपदी किन एकएक गर्दै ढले र सशरीर स्वर्ग जान किन नसक्ने भए भन्ने कारण र ती सबैका दोषबारेमा जानकारी थियो।

अन्तिममा युधिष्ठर र उनीहरूका साथमा अन्तिम क्षणसम्म संगै हिडेको कुकुर मात्र ज्युदै स्वर्ग पुगे। ईन्द्रलोकमा पुगेर हेर्दा त दुर्योधन र दुस्सासन लगायत कौरवका सबै मजाले सिंहासनमा बसेको युधिष्ठिरले देखे। उनलाई अचम्म लाग्यो र कड्किदै भने, के हो यस्तो? यहॉ यस्ताहरू मजाले छन् तर हाम्रा भाइहरू र पांचाली खै त? हद भयो यो त!

स्वर्गमा कतै छिडीमा नारकीय कष्टपूर्ण वातावरणमा जीवन बिताईरहेको भाइहरू र द्रौपदी देखेर युधिष्ठिरले सोधे, ‘यस्तो कसरी हुन्छ? कौरवहरू मस्ति गर्ने तर हाम्रा पाण्डवहरू भने स्वर्गमा पनि यसरी कष्टमा रहनुपर्ने? ‘तपाईकोयही स्वभावका कारणले गर्दा तपाईका भाइहरू कष्टमा रहन पुगेका हुन्, ईन्द्रले जवाफ दिए।

तपाईमा कौरवप्रतिको घृणा र नकारात्मक भावना यहॉ स्वर्गमा आउदा पनि हटेको देखिएन। ज्युदो स्वर्गमा आउनु मात्र पर्याप्त हुदैन, आफू पूर्ण रूपान्तरित भएको र कसैसंग कुनै कटुता वा आक्रोश बॉकी रहेको हुनुहुदैन। तपाईमा सबै ठिक थियो तर जब कौरवलाई देख्नु भयो पूरानै स्वभाव पुनर्जागृत भयो। मान्छे रूपान्तरित भएन भने अनुकूल परिस्थितिमा उसको पूरानो स्वभाव जागृत भईहाल्छ। युधिष्ठिर जस्तो धर्मराजमा पनि त्यही भएको थियो, यो मानवको स्वभावको कमजोरी हो।

युधिस्थिरले यसलाई बोध गरेर साधना र प्रायश्चित्त गरेर आफूलाई पूर्ण रूपान्तरित गरेर स्वर्गबासीको सर्वगुण हासिल गरेर पाण्डवहरूलाई पनि स्वर्गमा आनन्दको जीवन बिताउने गरी तारे।

अधिकाँश मानिसका गलत प्रवृतिहरू ठूलो पद र गहन जिम्मेवारीमा बस्दा सामान्य अवस्थामा केही कालसम्म ढाकिन्छ वा छोपिदिन्छ। तर जब अनुकूल परिवेश आईपर्छ वा संकट आउछ, अनि पूराना अवगुण र दुश्चरित्रहरू पुन: जागृत भएर उसले आफ्नो जात जनाई हाल्छ। युधिष्ठिर जस्ता धर्मपाललाई त्यही भयो, आफ्नो पुरानो कटुता हराएको थिएन ।
कथाको पाठ यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको