‘भोटै माग्ने भनिकन तिनै आउलान् होस गर्नू’



आमाको सन्देश

आओ प्यारा सब जनहरू साथ मेरो समाओ
आओ मेरा मुटु मनहरू फूर्ति डाकेर आओ
जैल्यै झेली कपट जनका साथ छोडेर आओ
आओ नाच्दै छमछम गरी देशका निम्ति आओ (१)

भित्रै काला कथित शिरका मार्ग त्यागेर आओ
नेता भन्ने पतित तहका हान घैँटो फुटाओ
धिक्कारे ती कलुष मनका शत्रु हुन् जो जताओ
एक्लै पारे अब मनुज ती छैन नाता बताओ (२)

नेपालीको रगत पसिना सोस्छ खाँदै डकार्छ
नेपालीकै निद हरण भो व्यर्थमा ऊ हकार्छ
त्यस्ता नेता पछि पछि बसे जिन्दगी लाग्छ घाऊ
“मारो गोली” भनिकन स्वयं सिर्जना गर्न आओ (३)

सारा मान्छे थकित अब छन् चाल राम्रो नदेखी
आओ आजै सबल घटना हुन्न आफैं नलेखी
भेट्ना साथै सकल जनले कान तानी समात
खाल्डो खन्दै खुरुखुरु पुरे देशद्रोही जमात (४)

भोटै माग्ने भनिकन तिनै आउलान् होस गर्नू
राख्नू भाटा सब घरघरै हान्नू कैल्यै नडर्नू
आमा तिम्री हरदम यही देशको निम्ति मर्छिन्
अत्याचारी अब गिंड भनी कालको रूप धर्छिन् (५)

मनप्रसाद वाग्ले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा

  काठमाडौँ  । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आइतबार

जापान नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई थप विकासका लागि दृढतापूर्वक सहयोग गर्न चाहन्छ

खामिखावा योको।   सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

सहकारीमा जनताका पैसा फसेपछि घरजग्गा कारोबारमा नराम्रो प्रभाव, बढ्न सकेन कारोबार

नारायण ढुंगाना, काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि