‘भोटै माग्ने भनिकन तिनै आउलान् होस गर्नू’



आमाको सन्देश

आओ प्यारा सब जनहरू साथ मेरो समाओ
आओ मेरा मुटु मनहरू फूर्ति डाकेर आओ
जैल्यै झेली कपट जनका साथ छोडेर आओ
आओ नाच्दै छमछम गरी देशका निम्ति आओ (१)

भित्रै काला कथित शिरका मार्ग त्यागेर आओ
नेता भन्ने पतित तहका हान घैँटो फुटाओ
धिक्कारे ती कलुष मनका शत्रु हुन् जो जताओ
एक्लै पारे अब मनुज ती छैन नाता बताओ (२)

नेपालीको रगत पसिना सोस्छ खाँदै डकार्छ
नेपालीकै निद हरण भो व्यर्थमा ऊ हकार्छ
त्यस्ता नेता पछि पछि बसे जिन्दगी लाग्छ घाऊ
“मारो गोली” भनिकन स्वयं सिर्जना गर्न आओ (३)

सारा मान्छे थकित अब छन् चाल राम्रो नदेखी
आओ आजै सबल घटना हुन्न आफैं नलेखी
भेट्ना साथै सकल जनले कान तानी समात
खाल्डो खन्दै खुरुखुरु पुरे देशद्रोही जमात (४)

भोटै माग्ने भनिकन तिनै आउलान् होस गर्नू
राख्नू भाटा सब घरघरै हान्नू कैल्यै नडर्नू
आमा तिम्री हरदम यही देशको निम्ति मर्छिन्
अत्याचारी अब गिंड भनी कालको रूप धर्छिन् (५)

मनप्रसाद वाग्ले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातबाट निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयघातका कारण

हुम्लामा तेस्रो पटक हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च पहाडी जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको

दुई सातामा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प

  काठमाडौँ । यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको

नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

  काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै