नेकपा एमालेको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टीभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकमा सूर्य चिन्हबाट चुनाव लडेका सबैलाई बोलाइएको छ । तर माधव नेपाल आफूहरुको राष्ट्रिय कार्यकर्ता भेला भेला जारी रहेकाले बैठकमा नआउने जानकारी गराएको छ । बैठकमा नआए माधव नेपाल पक्षका नेतालाई कारबाही गर्ने ओलीले बताउँदै आएका छन् ।