चाउचेस्कू र कम्युनिष्ट सरकार



भीम उपाध्याय ।

पूर्वी युरोपबाट धमाधम कम्युनिष्ट सरकार र सत्ता सोत्तर हुदै थियो। रूमानियामा पावरफूल, राम्रो विकासको नेतृत्व गरेका नेता चाउचेस्कू राष्ट्रपति थिए। कम्युनिष्ट विरोधी विश्व लहरमा उनलाई खासै चिन्ता लिनुपर्ने लाग्दैन थियो।
जब विरोधीहरू कराउन थाल्थे चाउचास्कूले आफ्ना समर्थक मान्छेहरू बटुलेर ठूला ठूला आमसभा गर्थे। उनको सभामा निकै भीडभाड र जनलहर देखिने गर्थ्यो। खुब हौसिन्थे आफ्नो लोकप्रियता देखेर । मलाई सत्ताबाट फाल्न बासको लिंगोमा स्याउ फल्नुपर्छ भन्दै कुर्लदै भाषण ठोक्थे। समर्थकहरूको भीडले गगनभेदी नारा र थपडी बजाउने गर्थे। राम्रै विकासको सक्षम नेतृत्व गरेकाले उनले त्यति भन्नु स्वाभाविक अधिकार हुन्थ्यो। उनको नेतृत्व नराम्रो थिएन रूमानियाका जनताले सुख पाएका थिए।
सेनाको पनि उनीप्रति राम्रै समर्थन थियो भनिन्थ्यो। एक दिन यस्तै आमसभामा चाउचेस्कू भाषण गर्थै थिए, सभाबाट भीडले उनलाई लखेट्न खोज्यो। सेनाले हस्तक्षेप गरेर ती सभा विथोल्ने तत्वलाई विफल पार्छ भन्ने उनमा दृढ विश्वास थियो। तर अचम्म भयो, सेना चुपचाप बस्यो। अब उनमा डर पस्यो र ज्यान जोगाउनका लागि सुरक्षित हुन चाउचेस्कु त्यहॉबाट कुलेलम् ठोक्न थाले।
उनका समर्थकहरू पनि भाग्न थाले। बिरोधीहरू चाउचेस्कुलाई पछ्याउदै लखेट्दै हौसिदै गए। चाउचास्कु ज्यान जोगाउन भनेर देशबाट पलायन हुन सिमानासम्म पुगिसकेका थिए। सिमानामै बिरोधीहरूले उनलाई च्याप्प समातेर पिटपाट गर्न थाले।
यस्तै काटमार र कुटाकुट गर्दै चाउचेस्कूलाई जनताले घाईते बनाईसकेका थिए। सेनाले राष्ट्रपतिलाई उनको ज्यान जोगाउदै गिरफ्तार गरेर राजधानी ल्यायो। घोर हत्याहिंसा अत्याचार गरेको कसुरमा ट्रिबुनल गठन गरी तुरून्तै उनीबिरूद्ध मुद्दा चलायो र फटाफट फैसला गरेर सडकमै गोली हानेर मृत्यु दण्ड दियो।
यसरी दुई तीन दिन अघिसम्म निकै पपुलर भनिएका चाउचास्कूको ईहलिला सकियो र तत्क्षण रूमानियामा कम्युनिष्ट सत्ता पनि ढल्यो। मारिएको ३ दिन अघि मात्र चाउचेस्कूले सगर्व दृढ विश्वासका साथ उद्घोस गरेका थिए- ‘मलाई सत्ताच्युत गर्न बासको टुप्पोमा स्याउ फल्नुपर्छ।’ सत्ताच्यूत त के, जीवनच्यूत नै हुन पुगे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै