नेपाल पक्षको चैत ४ र ५ गतेको भेला यथावत
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलकाबारेमा आफू निकटका नेताहरुलाई जानकारी गराएको छ ।
ओलीसँगको छलफलपछि सोमबार अपरान्ह उनीहरुले आफू पक्षीय केन्द्रीय सदस्य र सांसदहरुलाई त्यसबारे जानकारी गराएका हुन् ।
छलफलमा अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता गर्ने पक्षमा नदेखिएको र आफ्नै अडानमा कायम रहेको नेता नेपालले बताएका थिए । ओलीको नियत पार्टीलाई एकतावद्ध बनाउने भन्दा पनि भेला प्रभावित गर्न बोलाएको महुसुस गरेको बताए । ओलीसँगको छलफल सकारात्मरुपमा अघि नबढेको भन्दै नेपाल–खनाल पक्ष भेला नरोक्ने पक्षमा पुगेको छ ।
त्यस्तै उनीहरुले ओलीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा पनि नजाने बताएका छन् । आज ओली र नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । तर छलफल निष्कर्षविहीन भएको नेताहरुले बताएका छन् ।