ओलीतन्त्रले बाटो छोडोस् ! नत्र…..
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । सामाजिक संजालमार्फत भट्टराईले नैतिक र वैधानिक दुवै ढंगले ओलीले सत्तामा बस्ने हैसियत गुमाइसकेकाले राजीनामा दिन सुझाव दिएका हुन् ।
उनले लेखेका छन्, ‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे! नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुनलागेको हो त?अझै पनि समय छ–नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस् ! नत्र भीरबाट लड्ने गाईलाई..!’