नेकपा एमालेमा माधव नेपाल समूहले तोक्यो प्रदेश इन्चार्ज



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा अध्यक्ष र महासचिवबाहेकको जिम्मेवारी खोसेपछि माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर कमिटी विस्तार गरेको छ ।

ओलीले शुक्रबार एकलौटी निर्णय गर्दै नेपाल–खनाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि शनिबार बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर संरचना बनाएको हो ।

बैठकले प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिएको छ ।

त्यस्तै, युवा विभागको प्रमुखमा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविका समर्थकद्वारा काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा आमसभा गर्ने भएको छ ।

शेखर कोइरालालाई इयान मार्टिनको प्रश्नः सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन ढिलाइ किन ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा

सरकारले भूकम्पको पूर्वतयारीका कामलाई प्रभावकारी बनाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट