जन्मिसकेका बच्चालाई फेरि आमाको गर्भमा लैजाउ भन्ने घटना भयोः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादीलाई केन्द्र ब्यूँताइदिने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यो पनि प्रतिगमनको अर्को रुप भएको बताएका हुन् । उनले भने,‘अब प्रतिक्रियावादी रोकिए भन्ने छैन । अहिले पनि षड्यन्त्र जारी छ । अनौठा अनौठा घटना घटिरहेका छन् । जन्मिसकेका बच्चालाई फेरि आमाको गर्भमा लैजाउ भन्ने घटना भएको छ । देशमा कतै फेरि अनिष्ट हुने संकेत त होइन भन्ने लागेको छ । अस्वाभाविक घटना अरु पनि देख्नपर्ने हुनसक्छ ।’

अध्यक्ष प्रचण्डले परिवर्तनको पक्षका नेताहरुलाई बदनाम गर्ने, घेराबन्दी गर्ने ठूलो कसरत षड्यन्त्र सुरु भएकोसमेत बताएका छन् । उनले अहिलेसम्म ठूलो घेराबन्दी आफूमाथि भएको र त्यसको महसुस गरिरहेको बताए । उनले भने, ‘देशभित्रका तमाम प्रतिगमनकारीहरु संघीयता, गणतन्त्र मन नपराउनेहरु यसमा लागेका छन् । देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरु नेपालमा यो परिवर्तनलाई उल्टाउने कसरतमा छन् । संसद विघटन मात्रै गरेको होइन, नेपालमा सार्वभौम जनताको अधिकार उल्टाउने प्रयास भएको छ।’

उनले संसद विघटनबाट सुरु भएको प्रतिक्रियावादीहरुको षड्यन्त्र अहिले पनि जारी रहेको बताए । उनले अहिले देशमा संविधान रक्षा गर्ने कि संविधानको हत्या गर्ने भन्ने बहस सुरु भएकाले प्रतिगमनकारीलाई परास्त गर्न एकठाउँमा उभिन आग्रह गरे ।

लामो समयसम्म संघर्ष गरेर ल्याएको उपलव्धिलाई हत्या गर्न नदिने भन्दै उनले जरुरी परे आन्दोलनको आँधीबेहरी सृजना गर्ने बताए । उनले भने, ‘अहिले हामी फेरि विद्रोह हिंसामा जाने कुरा गरेको होइन भ्रममा नपरे हुन्छ । लडेर स्थापित गरेका मान्यतालाई कुल्चिन नपाओस् शान्तिपूर्ण ढंगले विद्रोह गर्ने भनेको हो । भएकोलाई पनि सध्याउने काम भयो भने शान्तिपूर्ण क्रान्ति (कलरफुल रिभोलुसन )गर्ने भनेको हो । सडकबाट नै शान्तिपूर्णरुपले क्रान्ति सम्पन्न गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका