एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने प्रचण्ड-नेपाल समूहको निर्णय



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनैतिक आग्रहले प्रेरित भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारीकताको सन्दर्भमा गरेको फैसलामा असहमछि राखेको हो ।

पार्टीले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने पनि निर्णय गरेको छ । बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भने अनुसार तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपी हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जाँदैछौं । राजनीति ढंगले त हामीले यसको असहमति र प्रतिवाद गरेकै छौँ । त्यस क्रममा हामीले पार्टी एकताको उद्देश्य सही भएको र पार्टी एकताको कार्यपनि सही भएको कारणले यस प्रक्रियामा अगाडि बढ्न जे सम्भव छ त्यो पहलकदमीलाई जारी राख्छौँ ।’

प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर राजनीतिक फैसलाको रुपमा फैसला गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए ।

उनले भने, ‘बैठकले सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको माग, दाबी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रुपमा लिइएको छ । पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामको बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने यसको उत्तरदायित्व, जिम्मेवारी हुँदाहुँदै त्यो भन्दा बाहिर गएर फैसला गरिएको छ । पार्टीको नामको बारेमा रिट निवेदकको दाबी अनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौँ तर रिट निवेदकको माग दाबी भन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने नगर्ने र कुनै एकीकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ त्यसप्रति हाम्रो गम्भीर असहमति छ । यो अस्वभाविक छ । अनुपयुक्त छ । गलत छ र त्यसैले यो फैसलाप्रति हाम्रो गम्भीर असहमति हामीले राखेका छौँ । सर्वोच्च अदालतको फैसला प्रति हाम्रो गम्भिर असहमती हुदाहुँदै पनि अदालतको फैसला आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने कुरा स्पष्ट नै छ । यस सन्दर्भमा हामीले राजनीतिक रुपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र त्यसलाई अगाडि बढाउने, कानुनी ढंगले पनि उपयुक्त उपचार खोज्ने, संघर्ष गर्ने प्रक्रिया पनि अगाडि बढाउने छौँ ।’
प्रचण्ड–माधव समुहको रुपमा यो अन्तिम बैठक रहेको प्रवक्ता श्रेष्ठले बताए । अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ब्यूँतिने भएको छ । नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यस अघि नै प्रतिक्रिया दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना