जनमतसंग्रहको कुरा राख्दा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको छः महासचिव विप्लव



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका छन् । कपिलवस्तुमा सोमबार आफ्नो दलनिकट अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्ने बताएका हुन् ।

‘जनमतसंग्रहबाट जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ,’ विप्लवले भने,‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी ठिक भन्नेमा जनमतसंग्रह गर्नुपर्छ ।’ उनले अब मान्छेका लागि नभई व्यवस्था चुन्ने अवसर जनतालाई दिनुपर्ने बताए ।

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनमतसंग्रहको कुरा राख्दा सकारात्मक जवाफ आएको बताए । जनमतसंग्रहबाट कोही आत्तिनुनपर्ने बताए । उनले भने,‘वैज्ञानिक समाजवाद भनेपछि काँग्रेस र सरकार किन आत्तिनुपरेको ?’

जनमतसंग्रहले देशलाई शान्तिपूर्ण रुपमा नयाँ ढंगले अगाडि बढाउने धरातल बनाउने बताए । उनले शान्ति सम्झौतालाई अग्रगामी सहमति भने । विप्लवले भने,‘यो भयंकर सम्झौता होइन । अग्रगामी सहमति हो ।’ शान्ति स्थिरता र परिवर्तनका लागि सहमति गरेको उनको भनाई थियो ।

विप्लवले नेपाली सेना र नेपाल प्रहरीको खुलेर प्रशंशा गरे । उनले सेना र प्रहरीविरुद्ध नभई व्यवस्था र गलत प्रवृत्तिविरुद्ध लडेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

कर्णालीमा रणसिंह परियारलाई मन्त्री बनाउन माओवादीको सिफारिस

कर्णाली । कर्णाली प्रदेश सरकार बनेको दुई सातापछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले