नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयद्वारा जानकारी



काठमाडौँ । संसद बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन्। । संसद् सचिवालयले नेकपामा विवाद रहेको कुरा जानकारीमा रहेकाले नेकपाका सांसदहरूका लागि सत्तापक्षमा नै बस्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा बैठकबारे जानकारी दिएका हुन् । निर्वाचन आयोगबाट सत्तारूढ दल विभाजन नभएकाले सचिवालयले सत्तारूढ दलका सांसदहरूका लागि सत्तापक्षको सिट व्यवस्थापन गरेको उनले बताए ।

उनले भने, ‘उहाँहरू आफ्नो अनुकूलतामा सोही सिटमा बस्नुहुन्छ । निर्वाचन आयोगबाट विभाजन भएको पत्र नपठाएसम्म हामीले केही गर्दैनौं।’ कार्यव्यवस्था परामर्श समितिमा मुख्य सचेतकलाई बोलाउनै पर्ने भन्ने कानुनी व्यवस्था नरहेको प्रवक्ता पाण्डेले बताए ।

प्रतिनिधिसभा बैठकले कार्यव्यवस्थामा रहने व्यक्तिहरूको नाम अनुमोदन गर्ने र आमन्त्रित सदस्य भने सभामुखले नै बोलाउन सक्ने अभ्यास रहेको उनले बताए । नेकपाका मुख्य सचेतकका रूपमा देवप्रसाद गुरुङ र विशाल भट्टराईले सेवा सुविधा लिइरहेको पाण्डेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ