पार्टीको आधिकारिकता विवाद छिटो निरुपण गर्न आयोगलाई प्रचण्ड–नेपाल समूहको आग्रह



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टी विवादको निरुपण छिटो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरू आयोग पुगेर विवाद छिटो निरुपण गर्न आग्रह गरेका हुन् ।

प्रचण्ड र नेपाल अध्यक्ष भएको नेकपा नै आधिकारिक पार्टी भएकाले संविधान तथा कानून बमोजिम अविलम्ब विवाद निरुपण गरी पाउँ भन्दै आयोगलाई पत्र दिइएको हो ।

नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, केन्द्रीय कमिटी सदस्य विशाल भट्टराई, महेश बस्नेत, कर्ण बहादुर थापा, सूर्य बहादुर थापा क्षेत्री, प्रभु शाह र शान्ता चौधरीलाई पार्टीले गरेको कारबाही समेत पत्रमा जानकारी गराइएको छ । उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका थिए । जवाफमा थपलियाले यस विषयमा आयोगले आइतबारदेखि छलफल थाल्ने बताएका पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा

  दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी शर्त