म्यान्मारमा सैनिक कू विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै,सेनाको गोली प्रहारबाट एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु



म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा विभिन्न झडपहरु हुँदै आएका छन् ।

सेनाले सत्तारुढ दलकी नेतृ आङसाङ सूचीसहित विभिन्न नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो । विभिन्न दलका नेताहरुको रिहाइको माग गर्दै दिनहुँ भइरहेका प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर दमन गरेको भन्दै म्यानमार प्रशासनको संयुक्त राष्ट्रसंघलगायतका विभिन्न निकायले आलोचना गरेका छन् ।

पछिल्ला केही दिन यता प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै नयाँ निर्वाचन गराउने घोषणा गरेको सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणासमेत गरेको छ । विभिन्न छिमेकी मुलुकहरुले संकट समाधानका लागि आवश्यक परे सहयोग गर्ने जनाएको एक दिनपछि सेनाले प्रदर्शनकारीविरुद्ध अत्याधिक बल प्रयोग गरेर दमन गरेको बीबीसीले जनाएको छ ।

म्यानमारका लागि राष्ट्रसंघी राजदूत क्रिस्टिन श्रानेर बुर्गेनरले दमनमा अझ बढी सर्वसाधारण्को मृत्यु र दमन भएको दावी गरेका छन् । उनले सेनाले बल प्रयोग गर्दा भएको मानविय क्षतिको विवरण लुकाइएको पनि बताए । उनले आन्दोलन सुरु भएयता म्यानमार सरकारले करिब १२ सय सर्वसाधारणलाई हिरासतमा लिएको बताए ।

यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि