प्रधानमन्त्री भैसकेका नेताहरु पद त्यागेर जनताको अभिभावक बन्नुहोस्



डा. युवराज संग्रौला ।
देश जनताको हो, इसापूर्व चिनियाँ कन्फुसियसका चेला मेन्सियसले भनेका थिए, जनता देशका मालिक हुन् । यही कुरा चाणक्यले सम्राट धन नन्दलाई बताएका थिए । चिनियाँ विद्वान साङ्ग याङ्गले बताएका थिए, जबसम्म जनतालाई उत्पादनका लागि प्रेरित गरिँदैन, जनतालाई धनी बनाइँदैन, राष्ट्रको सुरक्षा हुँदैन । नेपालमा १८१४ मा ब्रिटिस साम्राज्यवादले आक्रमण गरि देशको ठूलो भुभाग लुट्दै नेपाललाई आफ्नो प्रभावमा राखेपछि

१. आजसम्म नेपालले अपमानको २०० वर्ष लामो इतिहास बोकिरहेको छ र आज पनि नेपाल यस अपमानपूर्ण इतिहासको बिष पिउँदै बाँचिरहेको छ । तर हाम्रा राजनीतिक दलहरूले यो अपमानपूर्ण इतिहासलाई अनुभूति गर्न सकेनन् ।

२. ब्रिटिस साम्राज्यवादले नेपाली युवाहरूको शोषण गर्ने थालेको पनि २०० वर्ष भैसकेको छ। अहिलेसम्म हाम्रा आठलाख युवाहरुको प्रयोग भैसकेको छ। दुई लाख युवाहरु पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका छन्, तर उनीहरुको परिवारले केही पाएनन् । तर हाम्रो राजनीतिले यी पीडित जनताको पीडालाई कहिल्यै महशुस गर्न सकेको छैन । आजपनि देश आफ्ना नागरिक विदेशी सेनामा गएको देख्न बाध्य छ । हामी २१ शताब्दीमा पनि उपनिवेशको अधीन मान्न बाध्य छौं ।

३. हामी दुई खर्बको खाद्यान्न विदेशबाट ल्याउछौं । तरकारी, मासु, फलफूल, लुगा, कपडा, भाँडांकुंँडा सबै विदेशबाट ल्याउछौं । हाम्रो व्यापारघाटा १२ खर्ब भन्दा बढी छ । जमीन बाँझो छ । पहाड खनेर हामी कथित बाटो बनाउने नाममा भ्रष्टाचारको खेती गरिरहेका छौँ। नीतिगत भ्रष्टाचारले सीमा नाघेको छ । शिक्षा पंगु बनेको छ। संस्कृति बिलिन हुँदैछ । सबै मातृभाषा लोप हुँदैछन् । देशको उच्च शिक्षा नै अब बर्गीय भेदभावको कारण बन्दै छ। उच्च शिक्षामा माथिल्लो २० प्रतिशतको मात्र पहुँच छ, यस बर्गका करीब ४ लाख विद्यार्थीहरुलाई प्रतिवर्ष ५८,००० रुपैयाँ खर्च सरकार गर्छ तर यस बर्गका ६० हजार विद्यार्थी विदेश जान्छन् र उनीहरुले वर्षेनि १३ खर्ब विदेश लैजान्छन् । देशमा काम गर्ने युवा छैनन्, नेपाल आएर भारतीयहरु काम गर्छन बर्सेनि ५ खर्ब भारत लैजान्छन् । तर पनि राजनीति मौन छ। जनताको करबाट नेताहरू गाडी चढिरहेका छन् ।

४. देशको अर्थतन्त्र माफीका हातमा छ। माफिया र दलालहरुबाट पार्टीहरु चन्दा लिन्छन् । राज्यका सबै निकायमा निवृत्त कर्मचारीको नियुक्ति हुन्छ, र उनीहरुको नियुक्तिमा दलाल र माफियाको लगानी हुन्छ । पदका लागि बौद्धिकहरु नैतिकता बेच्ने गर्छन् । वकिलको ठूलो संख्या दलाली गर्छ र डाक्टरको ठूलो संख्या जीवनको व्यापार गर्छ। उपभोक्तावाद नसामा कुद्ने रगत बनेको छ । बेइमानी धर्म बन्न पुगेको छ । सरकारले जन्म, मृत्यु, विवाह, किताब र ज्ञानमा कर लगाएको छ ।

५. हामी दुई सय वर्ष अध्यांरोमा बाँचिरहेका छौँ । हाम्रो ज्ञानले मुर्खता उत्पादन गर्दछ । मानिसहरु निरासा र फोहोरी कुरा गर्दछन् । जिन्दावाद र मुर्दावादका लागि विद्यार्थी सडकमा लड्छन् । विश्वविद्यालय गाईगोठ बनेका छन् । मानिसमा वैज्ञानिक चेतना र बिचारधारा होइन, व्यक्ति पुजा मौलाएको छ । सत्ता प्रेमिका र भ्रष्टाचार सन्तान बनेका छन् ।

.तरपनि नेता आफ्नो स्वार्थको राजनीति गर्नमात्र उद्धत छन् । राजनीतिमा लाग्नेका बोली असभ्य मात्र होइन अश्लिल छन् । नेताहरू फोहोर बोल्छन् । उनीहरुलाई देशको समृद्धिको कुनै चासो छैन। जनताको बेहाल उनीहरु देख्दैनन् ।

७. अब सत्ताको राजनीतिको अन्त्य हुनुपर्छ । मित्रहरु अब केही नगर्ने हो भने देश बाँच्दैन। के गर्ने होला ?

क. अब पुरानो पुस्तालाई राजनीतिबाट बिदा हुन भनौं । अब उनीहरुले दोश्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ । देश धरापमा परेको छ । प्रधानमन्त्रीको तीन बर्षसम्म गफ सुनियो तर काम गरेको अनुभुति जनतालाई भएन । अरु नेता विकल्प बन्ने होइन प्रतिक्रियात्मक मात्र बने । अब देश नेता र पार्टीको होइन जनताको हुनुुपर्छ ।

. राज्य राजनीति दल होइन । किन बालुवाटारमा पार्टीको बैठक बस्छ ? राज्यको खर्चमा किन चिया र नास्ता पार्टीको मिटीङ्गमा खर्च गरिन्छ। किन मन्त्रीहरु सरकारको सुबिधा लिएर पार्टीको प्रचार प्रसारमा लाग्छन् ? अब राज्यको दोहन पार्टीले गर्ने प्रचलनलाई भ्रष्टाचार मान्नु पर्छ र बिरोध गर्नुपर्छ ।

ग. अब समता निर्माण गर्ने, आम जनताको उत्पादकत्व निर्माण गर्ने, डाँडाकाँडा नभत्काउने, स्वाभिमानी मानिस निर्माण गर्ने विकासका लागि वैज्ञानिक चेतना निर्माण गर्ने अभियान निर्माण गर्नुपर्छ । त्यसैले अब भनौं
१. प्रधानमन्त्री भैसकेका नेताहरु पद त्यागेर जनताका अभिभावक बन्नुहोस् ।
२. युवापुस्तालाई राजनीति हस्तान्तरण गर्नुहोस् ।
३. बिचारविहीन भ्रष्ट राजनीतिलाई त्यागौं ।
४. अब अपमानित इतिहासलाई अन्त गरौं ।
५. उत्पादनको कार्यमा हरेक नागरिक लागौं ।
६. असल मानिस एकजुट भएर बुद्धि र विवेकको आधारमा राष्ट्रको निर्माण गरौं ।
७. आउनुहोस् एकजुट भएर नेपालको समृद्ध भविस्य निर्माण निर्माण गरौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।