एक व्यक्ति कसरी सम्पूर्ण महिलाको प्रतीक हुन सक्छ ?
राजेन्द्र थापा ।
रघुजीको प्रसङ्ग सही हो । एमालेमा ३०/३५ वर्षदेखि सकृय महिला नेतृ तथा कलाकारको नाम केपीजीले चुनावमा माधवजीको लागि क्यानभाइसिङ गरेको कारणले सिधै ब्लक गर्ने काट्ने गरेको विषय हो । तर यो भाषा कुनै सभ्यले बोल्दैन । कोमललाई किन मात्र भने हुन्थ्यो नि ! तर अहिले सकल महिलाको अपमान भयो भनिएको पनि सही होइन ।
किनभने कोमल ओली स्वयम् एक व्यत्तिः हो । जो रघुजीको प्रतिकार गर्न समर्थ छ । अझ भन्ने हो भने दस दोबर लोकप्रिय छ कोमल । एक व्यक्ति कसरी सम्पूर्ण महिलाको प्रतीक हुन सक्छ ? महिला पनि पुरुषजस्तै एक व्यक्ति हुन किन सक्दैन ? गजबको गाइजात्रा । कोमल स्वयम् एक शक्ति हो । कमजोर मान्छे होइन । तर सकल नारीको प्रतीक पनि होइन । कोमलको मानहानी भएकै हो । तर सकल नारीको मानहानी भएको भनि नारी जातलाई निरीह बनाउनेहरु कोमलको तातो तावामा रोटी सेकेर खाने मात्र हुन् ।