जताततै ‘कम्फर्टेबल’



शारदाप्रसाद त्रिताल ।
सत्तारुढ ’कमाउनिष्ट’ पार्टीका दुबै ’गुट’ का प्रवक्ताहरुद्वारा ’सांसद खरीद बिकी’ को शुरुवातको पुष्टि भएको छ । त्यसो त केही महिना अगाडि सत्तारुढ दलका ’पाहुना अध्यक्ष’ द्वारा ’मूली अध्यक्ष’ लाई र मूली अध्यक्षले पाहुना अध्यक्षलाई ’को बढी भ्रष्टाचारी’ भनी पार्टीमा फिरादपत्र र प्रतिवादपत्र दर्ज गरिसकेको सन्दर्भमा अहिले ’सांसद खरीद बिक्री’ को कुरा उठ्नु अस्वाभाविक पनि होइन । ’सर्वहारा’ वर्गको नाममा राजनीति गर्ने ’खर्बहारा’ हरुको यस चरित्रको पुष्टि हुनुले धेरैलाई ’कम्फर्टेबल’ भइरहेको अनुमान गर्न सकिन्छ ।
हेरौं कस्लाई कस्तो ’कम्फर्टेबल’ भएको छ–

१. अन्य कम्युनिष्ट दलका नेताहरुको लागि सत्तारुढ दलका नेताहरुलाई ’गद्धार’ भनी गाली गर्न थप ’कम्फर्टेबल’ ।

२. नेपाली कांग्रेसभित्रका ’भ्रष्टांग्रेस’ हरुलाई आगामी मिलिजुली सरकारमा सहभागी हुनु पर्छ भनी उफ्रिन थप ’कम्फर्टेबल’ ।

३. मधेशकेन्द्रित दलका सुतुरमुर्गे नेताहरुलाई ’च्याँखे’ र ’जितौरी’ को भाउ बढाउन ’कम्फर्टेबल’ ।

४. विवेकशील साझा जस्ता नवोदित पार्टीलाई भ्रष्टाचारको मुद्धालाई पेचिलो बनाउन थप ’कम्फर्टेबल’ ।

५. रबी लामिछाने, ज्ञानेन्द्र शाही जस्ता अभियन्ताहरुको लागि मसला खोज्न थप ’कम्फर्टेबल’ ।

६. सबैखाले ’माफिया’ हरुलाई दलका नेताको नजिक हुन, संरक्षण प्राप्त गर्न र थप माफियागिरी गर्न ’कम्फर्टेबल’ ।

७. ’डन’ हरुलाई ’सुपरडन’ सँग बढी तनखाको लागि बार्गेनिङ गर्न ’कम्फर्टेबल’ ।

८. अपराधीहरुलाई थप अपराध गर्न ’कम्फर्टेबल’ ।

९. भ्रष्ट कर्मचारीहरुलाई आआफ्नो गुटका नेताको लागि थप रकम भ्रष्टाचार गर्न र थप संरक्षण प्राप्त गर्न ’कम्फर्टेबल’ ।
केवल देश र सर्बसाधारण जनतालाई मात्र ’अन्कम्फर्टेबल’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका