ओली समूहमा रहेका नेताहरूलाई आफूतिर आउन प्रचण्ड-नेपाल समूहको आह्वान



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको ठहर गरेको छ । कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको पार्टी स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसला ऐतिहासिक भएको ठहर गरेको हो ।

बैठकले प्रधानमन्त्री केपी ओली समूहमा रहेका नेताहरूलाई आफूहरूतिर आउन आह्वान गर्ने निर्णयसमेत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध तय भएका पार्टीका सबै कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको छ । संसद विघटनको असंवैधानिक कदम चाल्ने प्रधानन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने भन्दै यो समूहले नभए संविधान अनुसार अगाडि बढ्ने बताएको छ ।

प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन । त्यसो नभएको अवस्थामा सर्वोच्च अदालतको फैसला अनुसार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्छ ।’

बैठकले लोकतन्त्रको हत्या गर्ने, पार्टी एकतालाई चोइट्याउने व्यक्तिसँग एकताको विषयमा कुरा हुन नसक्ने ठहर गरेको छ । बैठकले आफूहरूले गरेको आन्दोलनमा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद दिएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको आजै संसदीय दलको बैठक बस्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण