संसद पुनःस्थापना भए सरिता गिरी जसरी संसद सदस्यबाटै हटाइन सक्छन् ओली



केशवप्रसाद भट्टराई ।
१. संसद पुनःस्थापना भएमा तत्कालै नेकपाको दाहाल–नेपाल समूहले सभामुख समक्ष प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाएकोले उनलाई पार्टीको सांसदको हैसियतबाट हटाउन अनुरोध गर्नेछन् । ओलीलाई त्यसरी हटाउने प्रक्रियाकै लागि उनलाई पहिला स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यबाट समेत हटाइ सकिएकै छ ।

२. सभामुखले त्यसलाई तत्कालै कार्यान्वयन गरेर ओली संसद सदस्य नरहेको (?) घोषणा गर्नेछन् । केही अघि मात्रै सरिता गिरीलाई सांसदबाट त्यसरी नै हटाएको नजीर पनि छ ।

३. ओलीलाई सांसद पदमा नरहेको घोषणा लगत्तै राष्ट्रपतिविरूद्ध महाभियोग प्रस्ताव दर्ता हुनेछ ।
त्यस्तो प्रस्ताव दर्ता भए लगत्तै राष्ट्रपति निलम्वित भई उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको हैसियतमा पुष्पकमल दाहाललाई तत्कालै प्रधानमन्त्रीको शपथ ग्रहण गराउने छन् ।

४. त्यस अवस्थामा ओली पक्ष सामू सम्भवत कुनै विकल्प रहने छैन । त्यसैले ओली पक्ष तत्कालै सडकमा आउने छ । प्रधानमन्त्री ओलीले विराटनगर भाषणमा उल्लेख गरेको आन्दोलनको घोषणा त्यसैको पूर्व सङ्केत थियो भन्ने लाग्दछ ।

५. र पुष्पकमल दाहाल सरकारले आवश्यकता अनुसार मुलुकमा सङ्कटकाल घोषणा हुने छ । संसदको विघटन सदर भएमा सडकमा आउने काम प्रचण्ड–नेपाल समूहले गर्ने छन् र ओली सरकारले संकटकाल लगाउने छ ।

६. सर्वोच्च अदालतको संवैधानिक आयोगको एक भोट निर्णायक हुने लक्षण देखिन्छ र यसैलाई संकेत गरेर मैले केही दिन अघि एउटा पोष्ट पनि गरेको थिएँ ।

सान्दर्भिक र असान्दर्भिक
दुई/दुई अनि एक अनिश्चित । एक जना त्यस्तो डार्क हर्सबारे निकट भविष्यले भन्ने छ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रारामा अष्ट्रेलियन कम्पनीले एक अर्ब भन्दाबढी लागतमा लक्जरी रिसोर्ट बनाउने समझदारी

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

कांग्रेस उम्मेदवारलाई पराजित गर्दै बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्यमा विजयी भएका छन्

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।