प्रदेश एकका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौँ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

बैठकमा मन्त्री, सत्तापक्षका सांसदहरु भने उपस्थित भएनन् । मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहका १६ सांसदलाई ३ महिना निलम्बन गरेको भन्दै सरकार पक्षका सांसदले बैठकमा उपस्थित नगराउन सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए ।

सत्तापक्षले बहिष्कार गरेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएसँगै सकिएको छ । अर्को बैठक फागुन २० गतेका लागि बोलाइएको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ११ जना छन्  । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।