यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
काठमाडौं । नेपाली कांग्रेसले १४औं महाहधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव केन्द्रीय समितिले सामान्य संशोधनसहित पारित गरेको हो ।
विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उनले केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै कार्यतालिका भने सामान्य हेरफेर गरेको जानकारी दिए ।