विश्वमा ११ करोड ४ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार २ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ४० हजार ९२८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ९० हजार ७ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ४ लाख ३० हजार ७२ पुगेको छ । हालसम्म विश्वमा ८ करोड ५३ लाख २३ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

संक्रमितमध्ये २ करोड २६ लाख ६४ हजार ८६९ जना सक्रिय संक्रिमत रहेका छन् भने ९६ हजार २५ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख २ हजार ५ सय ४४ जनाको मृत्यु भएको छ भने २ करोड ८४ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड ९ लाख ४९ हजार नाघेको छ भने १ लाख ५६ हजार ३८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक