हामी घरमा आगो लगाएर न्यानो खोज्ने मानिस जस्ता देखिएका छौँ



डा. युवराज संग्रौला ।
हामीले धेरै अगाडि विकास गरि सक्नुपथ्र्यो तर गरेनौं । हामीसँग जतिबेला इमान र स्वाभिमान थियो, त्यसबेला शिक्षा र प्रबिधि थिएन । बिस्तारै हामीले थोरैतिनो शिक्षा र प्रविधि सिक्यौं, तब हामीमा ईमान र स्वाभिमान ओइलाउन थाल्यो । हामीले मानिसको चेत भर्ने लोकतन्त्र र क्रान्तिका सपना देख्यौं र त्यहीँबाटो समात्यौं । हामीले ठूल्ठूला राजनीति परिवर्तनका घटनाबाट दुनियाँलाई बतायौं हामी पनि गर्न सक्छौं । तर

१. हामीले फेरि नैतिकता र बुद्धिको चेत छोडयौं । हामीलाई थाहा नै भएन सत्तामा माध हुन्छ, र अझ त्यसमा जब सत्ता र पैसा जोडिन्छ अनि सत्ताको स्वाद र मस्ती त्यसमा गाँसिन्छ, तब नैतिकता र विवेक मौसम बितेर ओइलाएको फुल जस्तै ओइलाउंँछ । फेरि पनि फुलका बोटले त ऋतुको परिवर्तनसँगै फुल्ने र ढकमक्क हुने क्षमता राख्छ, मानिस त्यस्तो फुलको बोट होइन । मानिस फुल भन्दा फरक हुन्छ । ऊ जब ओइलाउँछ, फेरि मौलाउन मुस्किल पर्छ । नैतिक पतन्मुख मानिस त्यस्तो बूढो रुख जस्तो हुन्छ, जस्मा फुल्ने गुण नै सकिएको हुन्छ । त्यसैले फेरि फुववारी ढकमक्क पार्न त नयाँ बिरुवा रोप्नु पर्छ । अर्थात्, नेपाली समाजको अस्तित्व कायम राख्ने हो भने अब नयाँ पुस्ताको आगमनको अनिवार्यता अपरिहार्य छ । तर हरेक बिरुवा त फुल्दैन, केबल फुल्ने क्षमता भएको बिरुवा मात्र फुल्छ । त्यो क्षमता भनेको नयाँ बिचार वा नयाँ सोच हो। भनिन्छ नयाँ सोच नै नयाँ सफलताको आधार हो।

२. मानिसमा नयाँ सोच वा बिचारले परिवर्तन र निर्माणको योग्यता भर्छ । जब योग्यता हुन्छ उस्ले हरेक समय र बस्तुमा उत्कृष्ट मूल्य फेला पार्छ। नैतिकता र विवेक पनि योग्यताबाटै पलाउने हो। तर मानिसको आदतले यस्तो जड पैदा गर्छ कि उसको नैतिकता र विवेकमा उसले बिस्तारै सत्य र झुट के हो पृथक गर्नै सक्तैन । ऊ लालच नामको परजीवीमा परिणत हुन्छ । र, मानिस नयाँ खोज र बिचारको अन्वेषण गर्ने दिमाग होइन केबल अरुलाइ पछ्याउने भेडा बन्छ। उ त्यही बाटो हिँड्छ जुन आफू अगाडिको हिँडिरहेको छ । यस हिँडाइमा उसले आफ्नो इतिहास पनि मेट्दै जान्छ । उसलाई आफूले जानेको जस्तो लाग्छ तर उसले आफू मूर्ख भएको भेउ नै पाउँदैन ।

३. आज नेपाली समाज वैज्ञानिक चेतविहीन भेडी गोठ जस्तो भएको छ । भेडाको चेत हुन्न । भेडाको जीवन भेडिगोठालाको बुद्धि र विवेकमा निर्भर रहन्छ । मृगको जस्तो आफैं आफ्नो सुरक्षा गर्ने योग्यता भेडामा हुँदैन । भेडीगोठाला चलाख, इमानी र बुद्धिमानी भएन भने भेडाको जीवन असुरक्षित र दुर्घटनापूर्ण हुन्छ। कतिबेला ब्वाँसाले खाने हो थाहा हुँदैन। कतिबेला ब्वाँसा भिडमा छिर्ने हुन भन्ने पनि हेक्का हुँदैन । जब भेडीगोठला आफैं एकअर्काका दुस्मन हुन्छन् र लड्छन् तब त “ब्वाँसालाई चाहिएको मिल्छ।“ त्यसैले भनिन्छ, मानिसले असल चरा जस्तो हुनुपर्छ जोसँग बास बस्ने सुरक्षित रुख चिन्ने योग्यता हुन्छ।“

४. नेपालीको दुर्भाग्य भेडीगोठालो अयोग्यता मात्रै होइन, सोच्ने र खोज्ने प्रवृत्तिको अभाव पनि हो भन्ने देखिएको छ । हामी घरमा आगो लगाएर न्यानो खोज्ने मानिस जस्ता देखिएका छौँ । हामीमा देशलाइ राम्रो बनाउने चेत भन्दा देशबाट भाग्ने कुचेत छ, हामीमा निर्माण गर्ने भन्दा भत्काउने योग्यता छ, हामीमा आफूमा लागेको हिलो पखाल्ने भन्दा अरुलाई हिलो छ्याप्ने आदत छ, हामीमा सौम्यता भन्दा कर्कस ज्यादा छ, हामीमा जोगाउने भन्दा घँच्याड्ने प्रवृत्ति ज्यादा छ, हामीमा समान देशबासी बन्धुत्व भन्दा बिरोधीको मनोविज्ञान बढी छ । र हामीले नजानेको केही छैन तर हामी आज्ञानताका शिकार भएको किन्चित ख्याल छैन। यसकै दण्ड आज २१औ शताब्दीमा पनि गरिबीमा बाँच्न बाध्य छौँ।
अब त सोच्न ढिला भयो भन्ने चेत खुल्नु पर्छ। जब बूढो बोटमा लागेको फल गतिलो हुँदैन, नयाँ बिरुवा रोप्नुको बिकल्प हुन्न। बिरुवा तब हुर्कन्छ जब मालिमा बिरुवा र झार चिन्ने चेत हुन्छ पहेला पात टिप्ने चेत हुन्छ। अब सत्ता र सत्ताको मालिक निर्माण गर्ने राजनीति होइन उत्पादनद्वारा समृद्धि, राष्ट्रिय स्वाभिमान र समता निर्माण गर्ने समाजवाद निर्माण गर्ने सोचलाई राजनीति बनाउनुको बिकल्प छैन। बिरुवा गोड्न लागौं बुढा रुखलाई मल हाल्नुको तुक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

कान्तिलोकपथमा कार दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

  मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा

कांग्रेससँगको छलफलमा प्रधानमन्त्री संसदीय छानबिन समिति गठन गर्न तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा