विचार र नैतिकताहीन राजनीतिलाई अब जमिनमुनि पुर्नुको विकल्प छैन



डा. युवराज संग्रौला ।
राजनीति रजन गर्ने पद्धति हो । रजन गर्नु भनेको खुसी पार्नु सुखी बनाउनु हो। राजनीतितमा जबर्जस्त प्रतिस्पर्धा हुन्छ, तर विचार र नैतिकताको घेराभित्र । मलाई राजनीतिको तनाव बिग्रदो माहौलबाट त्यति डर लागेको छैन। तर राजनीतिका नाममा जे भैरहेको छ, त्यो बिस्मयकारी लाग्छ ।

१. नेपालको राजनीतिमा अब इमानको, मर्यादाको, प्रतिष्ठाको कुनै मूल्य छैन जस्तो लाग्छ । यो त्यस्तो सस्तो खेल भएको छ जसको कुनै मूल्यनै छैन ।

२. दक्षिण एसियाको लोकतन्त्र कुहिएको फर्सी जस्तै भएको छ । नेपालले एउटा नयाँ बाटो समात्ने सम्भावना थियो, तर अब त्यो रहेन । नेपालमा राजनीतिले आफ्नो धर्म भुल्यो। यो गाडीको इन्जिनमा जालिसकेको मोबिल जस्तो भएको छ ।

३. असीमित अवसरवादी चरित्र, तुच्छ अभिव्यक्ति, भेडाबाख्रा प्रवृत्ति र विचार होइन बिकार दिमागमा भरिएको हुल नै राजनीतिको पर्याय भयो ।

४. घाट्मा लास पोल्ने मान्छे जस्तो राजनीति अस्तित्व जलाउने साधन बन्यो, यसले बनाउने होइन नस्ट मात्र गर्यो ।
तर किन भयो नेपालमा यस्तो ? कारण नेता भन्दा यी तलका मानिस हुन् जसले एकदिन रास्ट्रको अस्तित्व मेट्ने छन् ।

१. बाहिर सुकिला लुगा लगाएर इज्जत ढाकेका तर भित्रभित्रै विदेशीको दानापानी खाने, पैसाका लागी जस्तोसुकै अपराध गर्ने, रास्ट्रलाई विभाजित गर्ने र आफ्नो निहित स्वार्थका लागि कहिले कसलाई र कहिले कसलाई गाली गर्ने वा मलम लगाउने । यी भाइरस हुन् जसले शरीर मार्दैनन् बरु शरीरको रोग निरोधक क्षमता समाप्त पार्छन् र शरीरलाई मर्न बाध्य पार्छन् ।

२. खोपडीमा गिदी नभएका मान्छेहरु जो एउटा कराएपछि सबै कराउने स्याल जस्तै हुन्छन् । यिनीहरुलाई केबल बिगार्ने आदत हुन्छ र बनाउने कुरामा आलस्य हुन्छ । यिनलाई न विचारको अर्थ हुन्छ न त मूल्य र मान्यताको ।

३. आर्काथरी हुन्छन् जसलाई केबल आफ्नो सरोकार हुन्छ अरु कसैको होइन । त्यसैले डरलाग्छ, कतै देश बिस्तारै यिनकै हातमा पुगोस् । विवेकलाई विवश बनाउने समाज ज्वालामुखीको मुखमा बसेको हुन्छ । त्यसैले अब सत्ताको राजनीति होइन केबल विकास समृद्धिको अभियान चल्नु पर्छ । विचार र नैतिकताहीन राजनीतिलाई अब जमिनमुनि पुर्नुको विकल्प छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा

जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि

व्यक्तिलाई होइन समस्यालाई केन्द्रित गरेर संसदीय समिति गठन गर्नुपर्छः ईश्वर पोखरेल

  मोरङ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित